logo
२०८१ बैशाख ८ शनिवार



थप ६५६ जना कोरोनाका सङ्क्रमित, एक हजार ४१३ कोरोनामुक्त

स्वास्थ्य |


थप ६५६ जना कोरोनाका सङ्क्रमित, एक हजार ४१३ कोरोनामुक्त


काठमाडौं, असोज ३ गते । पछिल्लो २४ घण्टामा नेपालमा ६५६ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ३०४ आरटीपीसीआर परीक्षण गरिएकोमा ६५६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा दुई हजार ७०९ वटा एन्टीजेन परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.४९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४१३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ४० जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा २१ हजार ३६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित हुने २४ हजार ३१३ जना छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?