logo
२०८१ बैशाख ७ शुक्रवार



कपिलवस्तुमा ६६ प्रतिशत परिवार परिवार नियोजन साधनको पहुच बाहिर

स्वास्थ्य |
प्रदेश |


कपिलवस्तुमा ६६ प्रतिशत परिवार परिवार नियोजन साधनको पहुच बाहिर


तौलिहवा समाचारदाता
तौलिहवा, असोज ३ । कपिलवस्तुमा ६६ प्रतिशत परिवार परिवार नियोजन साधनको पहँुच बाहिर रहेको एक तथ्याङले देखाएको छ । देशभर राष्ट्रिय परिवार नियोजन दिवस मनाई रहँदा कपिलवसतुमा भने पहिलो पटक परिवार योजना दिवस मनाइएको हो । नियोजन शब्दप्रति मुस्लिम समुदायले आपत्ति प्रकट गरेपछि शनिवार आठौ राष्ट्रिय परिवार योजना दिवसलाई तौलिहवामा दिवसको रुपमा मनाइएको हो ।

परिवार नियोजनको साधनको प्रयोग दर बढाउन र सकारात्मक सन्देश दिन जिल्लामै पहिलो पटक परिवार योजना दिवस मनाइएको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताउनुभयो । ‘नियोजन शब्दले बन्द गर्ने कुरा बुझियो, धर्ममा पनि अडचन आएको पाइयो’ उहाँले भन्नुभयो, “त्यसैले सबै सरोकारवालाको सुझाव र सल्लाहअनुसार यस वर्षदेखि पहिलो पटक परिवार योजना दिवस मनाएका हौ’ उहाँले भन्नुभयो ।

कोभिड १९ माहामारीमा परिवार योजना सेवामा सबैको पहँुच बराबरी बिषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेयले जिल्लामा अझै प्रजनन् उमेर १५ देखि ४९ बर्ष सम्मका ६६ प्रतिशत परिवार योजना साधनको पहुच बाहिर रहेको बताउनुभयो । जिल्लामा प्रजनन उमेरका १ लाख ४४ हजार जनसंख्या छन । ३३ प्रशित अस्थायी साधन र १ प्रतिशत स्थायी बन्ध्याकरण गर्ने गरिएको बताइएको छ ।

जिल्लामा ५ प्रकारका अस्थायी साधनहरु कन्डम, पिल्स, डिपो, ईन प्लान्ट, आईसिडियु प्रयोग गर्ने गरिएको छ । स्थायीमा महिला र पुरुषको स्थायी बन्ध्याकरण गर्ने गरिएको छ । परिवार योजाना साधनको प्रयोग गर्ने जिम्मा समेत महिलामै रहेको पाइएको छ । प्रजनन उमेरका ठूलो हिस्सा अझै परिवार नियोजनको साधन पहँुच बाहिर रहेको भन्दै उहाँले ती समुहलाई पहुचमा ल्याउन ठूलो चुनौती रहेको बताउनुभयो ।

मायादेबी गाउपालिकामा कार्यरत महिला स्वमयसेविका गोमती चौधरीले चाहिएकोबेला साधन नपाउनु नै पहुँच नहुनुको मुख्य कारण रहेको बताउनुभयो । ‘पहिले महिला स्वयमसेबिकालाई कन्डम र पिल्स बाँडन दिइन्थ्यो अहिले कन्डम मात्र दिईने गरिएको छ” उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?