logo
२०८१ बैशाख १३ बिहीवार



गाउँमै चिकित्सकीय सेवा दिन पुग्नुभयाे – डा. अप्सरा

स्वास्थ्य |
पढ्नै पर्ने |


गाउँमै चिकित्सकीय सेवा दिन पुग्नुभयाे – डा. अप्सरा
डाक्टरविहीन तिलागुफा नगर अस्पतालमा सेवा दिन पुग्नुभएकी डा. अप्सरा हमाल । तस्विरः प्रेमराज सिम्खडा ।



प्रेमराज सिम्खडा
कालीकोट, असोज २ गते । स्वास्थ्य सेवा कार्यालय कालीकोटले ग्रामिण क्षेत्रमै पुगेर चिकित्साकीय सेवा प्रदान गरेको छ । स्थानीय तहमा चिकित्सकीय सेवा विस्तार गर्न कार्यालयले प्रत्येक महिना एक हप्तासम्म गाउँमै पुगेर सेवा प्रदान गर्ने नीति लिएर सेवा सुचारु गरेको हो ।
कानमा आला, सेतो पोशाक र हातमा ग्लोब्स लगाएर नगर अस्पताल राँचुली शुक्रबार दिउँसो डा. अप्सरा हमाल देखिनुभयो । विरामीको जाँच गरिरहेको अवस्थामा डा. हमाललाई देखेपछि राँचुलीका नागरिक एक छिन चकित पर्नुभयो । डा. हमालको गृह नगर पनि तिलागुफा नगरपालिका भएकैले पनि धेरैले उहाँलाई यहाँ आएर बिरामीको उपचार गरिरहेको देखेपछि अच्चमित भएका रहेछन् ।

तिलागुफा नगरपालिका वडा नं ४ मा नगर अस्पताल छ । १५ श्यैयाको नगर अस्पतालमा एक जना पनि डाक्टर थिएनन् । डा. हमाल शुक्रबार विहानै नगर अस्पताल पुगेर विरामी उपचारमा खटिनु भएको रहेछ । वडा नं ४ का वडा अध्यक्ष खड्कराज शाहीले कालीकोट अस्पतालबाट यहाँ सेवा दिन आएको आफूलाई पनि जानकारी नभएको तर अस्पतालमा आएर एक्कासी देख्दा सा¥है खुशी लागेको बताउनुभयो । अध्यक्ष शाहीले सोधपुछ गर्दा डा. नभएका स्थानीय तहमा प्रत्येक महिना एक हप्ता चिकित्सकीय सेवा दिने स्वास्थ्य सेवा कार्यालयको योजना रहेछ, जानकारी पाएपछि आफू लगाएत तिलागुफा नगरपालिकाका नागरिक खुशी भएको बताउनुभयो ।

डा.अप्सरा तिलागुफा नगरपालिका वडा नं ३ को स्थानीय वासिन्दा पनि हुनुहुन्छ । उहाँले आफू स्वास्थ्य सेवा कार्यालयको गाउँमा पुगेर चिकित्सकीय सेवा प्रदान गर्ने योजना अनुसार नै यहाँ एक हप्ताका लागि आएको बताउनुभयो । तीन स्थानीय तहमा डाक्टर नभएकाले प्रत्येक महिना त्यहाँ पुगेर सेवा दिने बताउनुभयो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त व्यवस्थापक डा. रत्नवीर सुनारले स्थानीय सरकारले चिकित्सकको व्यवस्था नगरे सम्म आफूहरुले गाउँमै पुगेर प्रत्येक महिना एक हप्ता सेवा दिने योजना बनाए अनुसार डाक्टरहरु गाउँमा पठाएको बताउनुभयो ।
जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जिल्लाका नौ स्थानीय तह मध्य चार स्थानीय तहमा डाक्टर नभएकाले जिल्लाबाटै डाक्टर पठाएर सेवा दिन थालेको बताउनुभयो । उहाँले तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, पचालझरना गाउँपालिका र शान्नीत्रिवेणी गाउँपालिकामा डाक्टर नभएको बताउनुभयो । अन्य स्थानीय तहमा भने डाक्टर रहेका छन् । जिल्लाको रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, महावै गाउँपालिका र खाँडाचक्र नगरपालिकामा चिकित्सकले सेवा दिँदै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?