logo
२०८० चैत्र १६ शुक्रवार



एक हजार १६५ सङ्क्रमित थपिए, ११ जनाको मृत्यु

स्वास्थ्य |


एक हजार १६५ सङ्क्रमित थपिए, ११ जनाको मृत्यु


काठमाडौं, भदौ ३१ गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १६५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा ११ हजार २०८ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १६५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ९७१ वटा एन्टीजेन परीक्षण गर्दा ३४६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६८९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ७४ लाख ५२ हजार १५ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार दुई जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा एक लाख १० हजार ८९९ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै हालसम्म ६० लाख ५७ हजार १९४ जनाले पहिलो मात्रा र ५४ लाख ७३ हजार १५१ जनाले पूर्ण मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बिहीबारसम्म नेपालमा २५ हजार ७७२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सघन उपचार कक्षमा ४०७, भेन्टिलेटरमा १२८, होम आइसोलेशनमा २४ हजार २२२, संस्थागत आइसोलेशनमा एक हजार ५५० र क्वारेन्टाइनमा २२० जना उपचाररत रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?