logo
२०७८ असोज ४ सोमवार

दैनिक अध्यावधिक

image
656

सङ्क्रमित

image
1413

निको भएका

image
12

मृत्यु भएका

मिति:आश्विन ३, २०७८ (१६:२०)
स्राेत:https://covid19.mohp.gov.np/



‘कोभिड–१९ को खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गरौँ’   

स्वास्थ्य |


‘कोभिड–१९ को खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गरौँ’   



काठमाडौँ, भदौ २३ गते । विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एशिया क्षेत्रका देशलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमको पनि परिमाण विस्तार गर्नका लागि अपिल गरेको छ ।    
    
नेपालको आयोजनामा जारी क्षेत्रीय सङ्गठन समितिको ७४औँ बैठकमा क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भन्नुभयो, “महामारीको कारणले गर्दा खोपद्वारा रोकथाम गर्न सकिने रोग सम्बन्धित खोप सेवा तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले यी रोगको जोखिम बढिरहेको छ । यस सम्बन्धमा विभिन्न प्रयास भए पनि अझ धेरै गर्नुपर्ने आवश्यकता छ, विशेषगरी उपराष्ट्रिय तहमा र यी सेवाहरू नपुगेका वा पर्याप्त मात्रामा नपुगेका जनसङ्ख्यासम्म पुग्न अपरिहार्य भएको छ ।”    
    
बैठकमा दक्षिणपूर्वी एशिया क्षेत्रीय खोप कार्ययोजना २०२२–२०३० को रणनीतिक खाकामा पनि छलफल भइरहेको छ । सो कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणाली तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगको निगरानीको पुनःस्थापनामा केन्द्रित छ । कोभिड–१९ विरुद्धको खोपसम्बन्धी प्रयासलाई असर नपारी नियमित खोप कार्यक्रम कायम राख्न तथा अभिवृद्धि गर्नका लागि आफूहरूसँग रणनीति भएको सुनिश्चित गर्नुपर्ने डा सिंहले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?