logo
२०८० चैत्र १६ शुक्रवार

 तत्काल विद्यालय सञ्चालन कतिको उचित ? 



खोप नलगाई विद्यालय खोल्दा बालबालिकामा जोखिम बढ्न सक्छ : विज्ञ

पढ्नै पर्ने |
शिक्षा |


खोप नलगाई विद्यालय खोल्दा बालबालिकामा जोखिम बढ्न सक्छ : विज्ञ


विष्णु पाण्डेय 
काठमाडौँ,भदौ २१ गते । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै स्थानीय निकायहरुको समन्वयमा विद्यालयहरु सञ्चालन गर्न सक्ने जनाएसँगै स्थानीय तहहरु विद्यालय खोल्ने गृहकार्यमा लागेका छन् । तर विद्यालय सञ्चालन गर्दा लामो समयदेखि विद्यालय जान नपाएका बालबालिकालाई सङ्क्रमणबाट  जोगाउन भने चुनौती छ ।  पछिल्लो तथ्याङ्कले विदेशी राष्ट्रहरुमा बालबालिकाहरु बढी सङ्क्रमण भएको देखाएसँगै विज्ञहरुले पनि बालबालिका बढी जोखिममा रहेको बताइरहेका छन् । 
स्वास्थ्य मन्त्रालयले पनि अहिले नै विद्यालय सञ्चालन गर्न हतार गर्न नहुने बताएको छ । मन्त्रालयका सह-प्रवक्ता समीरकुमार अधिकारीले सङ्क्रमण दर घटे पनि जोखिम नटरेकाले विद्यालय सञ्चालन गर्न नहुने बताउनुभयो । पछिल्लो अध्ययनले बालबालिका बढी सङ्क्रमण हुन सक्ने देखाउँदा नेपालका  १८ वर्षमुनिका बालबालिकाहले खोप नपाइसकेको अवस्थामा विद्यालय सञ्चालन त्यति न्यायोचित नहुने उहाँको भनाइ छ । “सरकारले गर्ने निर्णयमा मन्त्रालयले केही गर्न मिल्दैन तर बालबालिकालाई बढी जोखिम छ” उहाँले भन्नुभयो । 
यस्तै महामारीविद् डा.केदार बरालले पनि अहिले विद्यालय सञ्चालन गर्दा बालबालिकामा कोरोना संक्रमण बढ्न सक्ने बताउनुभयो । शिक्षकले कोरोना विरुद्धको खोप लगाएपनि बालबालिका भने खोपको पहुँचबाट वञ्चित रहेकाले जोखिम रहेको उहाँको भनाइ छ  । बालबालिकाको एन्टिबडी कमजोर हुने भएका कारण पनि बालबालिकामा कोरोना सङ्क्रमण भए समस्या हुने उहाँको 
यस्तै बालरोग विशेषज्ञ डा. नर्मदा कोइरालाले  पनि कोभिडको जोखिम तत्काल  नटरेकाले विद्यालय सञ्चालन गर्न केही समय पर्खनुपर्ने बताउनुभएको छ । बालबालिकाले स्वास्थ्य मापदण्डको पालना पनि गर्न नसक्ने भएकाले विद्यालयबाट कोरोना सङ्क्रमण अझ बढ्न सक्ने उहाँको भनाइ छ । बालबालिकालाई विद्यालय पठाउँदा मनोवैज्ञानिक रुपले राम्रै मानिए पनि शारीरिक तवरले खतरा नै रहेको उहाँ बताउनुहुन्छ । 
“बालबालिका धेरै समयपछि आफ्नो साथीलाई भेट्दा नजिकिएर बस्ने खेल्ने गर्न सक्छन् । यस्तो अवस्थामा कोरोना सङ्क्रमणको जोखिम उच्च हुन्छ” उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?