logo
२०८० चैत्र १५ बिहीवार

  खोपको क्लिनिकल ट्रायल कति जोखिम ?  



जोखिम कम, फाइदा छ तर नेपालमै उत्पादन गर्नुपर्छ : विज्ञ

स्वास्थ्य |


जोखिम कम, फाइदा छ तर नेपालमै उत्पादन गर्नुपर्छ : विज्ञ


काठमाडौं,भदौ १४ गते । सरकारले कोभिड १९ र हैजा विरुद्धका खोपलाई तेस्रो चरणको क्लिनिकल ट्रायलको लागि अनुमति दिएसँगै अब यी दुवै खोपले नेपालमा ट्रायल थाल्नेछन् ।
हैजा विरुद्धको कोलेरा खोप र कोरोना भाईरसबिरुद्धको सार्कोभ टू एमआरएनए खोपले अव नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायल हुने निश्चित भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परीषद्का अनुसन्धान प्रमुख डा.मेघनाथ धिमालका अनुसार चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले बनाएको कोरोना भाइर विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल तीन हजार जनामा गरिने छ । वालभ्याक्स बायोटेक्ननोलोजी कम्पनीले नेपालको औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्ससँगको सहकार्यमा धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ट्रायल थाल्ने डा.धिमालले बताउनुभयो ।
हैजाविरुद्धको खोपको क्लिनिकल ट्रायल कान्ती बाल अस्पताल र काठमाडौं विश्वविद्यालयमा गरिने उहाँले बताउनुभयो ।
नेपालमा विदेशी खोप कम्पनीलाई तेस्रो ट्रायलको लागि अनुमति प्रदान गर्दा जोखिम कम हुने धिमालले बताउनुभयो । ट्रायलमा यदि कुनै व्यक्तिलाई असर परेको भए कम्पनिले नै अन्तर्राष्ट्रिय मान्यता अनुसार क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ । यी दुई कम्पनीको तेस्रो चरणको ट्रायल सफल भए दुवै कम्पनीले नेपाललाई तत्काल पाँच–पाँच लाख डोज खोप उपलब्ध गराउनुपर्ने शर्त समेत रहेको घिमालले बताउनुभयो । अहिलेसम्म नेपाल स्वास्थ्य अनुसन्धान परीषद्मा निवेदन परेका तीन वटा खोप कम्पनीहरुलाई नै आफूहरुले सिफरीस गरेको धिमालको भनाई छ । विश्वका १० भन्दा बढी देशमा क्लिनिकल ट्रायल भैसकेको कोभिड विरुद्धको खोपको क्लिनिकल ट्रायलको नेतृत्व विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा.सञ्जिव शर्माले गर्नुहुनेछ । क्लिनिकल ट्रायलमा हुने जोखिमको क्षतिपूर्ति सबै सोही कम्पनीले नै व्यहोर्ने जनाईएको छ ।
कोभिड १९ विरुद्धको खोपको क्लिनिकल ट्रायल १८ देखि ६० वर्ष उमेर समुहका मानिसमा गरीने जनाईएको छ । जसको अनुगमन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परीषद्ले गर्नेछ ।
यस्तै जनस्वास्थयविद् डा बाबुराम मरासिनीले विदेशी कम्पनीले खोपको ट्रायलको लागि नेपाललाई छान्नु देशको लागि फाईदाको कुरा हुने उहाँले बताउनुभएको छ । नेपालमा विदेशी कम्पनीहरुले तेस्रो चरणको खोपको क्लिनिकल ट्रायलको लागि अनुमति पाउने भएकाले खोपले गर्न सक्ने जोखिम कम हुने मरासिनीले बताउनुभएको छ । परीक्षण मात्र नभएर अब नेपालमै खोपको विकास र अनुसन्धान गर्नु आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?