logo
२०८१ बैशाख ७ शुक्रवार



  बढ्न थाले स्क्रबटाइफसका बिरामी 

स्वास्थ्य |
समाज |


  बढ्न थाले स्क्रबटाइफसका बिरामी 


      
दार्चुला, साउन २३ गते । जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ ।    
    
 अस्पताल अनुसार तीन स्थानीय तहका छ महिला र दुई पुरुषमा स्क्रबटाइफसको लक्षण देखिएको छ । मालिकार्जुन र व्यास गाउँपालिकामा एक एक र महाकाली नगरपालिकाका छ मा रोगको लक्षण देखिएको सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो ।उपचारका लागि पुगेका व्यक्तिको आरडिटी जाँच गर्दा स्क्रबटाइफसको लक्षण देखिएको उहाँले बताउनुभयो । गत वर्षमा जिल्लाभरि ३४ जनामा स्क्रबटाइफस देखिएको थियो ।    
    
 चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । गत वर्ष देखिएकामध्ये २५ महिला थिए ।    
    
 महिला पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाउँमा महिला घाँस तथा स्याउला सोत्तर गर्ने भएका कारण पुरुषभन्दा बढी महिला स्क्रबटाइफसको जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?