logo
२०८१ बैशाख ७ शुक्रवार



दुई हजार ४६७ जनामा सङ्क्रमण पुष्टि, २७ जनाको मृत्यु

स्वास्थ्य |


दुई हजार ४६७ जनामा सङ्क्रमण पुष्टि, २७ जनाको मृत्यु
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १५ गते । पछिल्लो २४ घण्टामा दुई हजार ४६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ७८३ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ८७८ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार १४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८१६ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ८३४ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?