logo
२०८० चैत्र १६ शुक्रवार



चीनबाट अन्तिम खेप खोप आइपुग्यो, कुल ९७ लाख ८२ हजार

स्वास्थ्य |


चीनबाट अन्तिम खेप  खोप आइपुग्यो, कुल ९७ लाख ८२ हजार
फाइल तस्बिर


गाेरखापत्र अनलाइन 

काठमाडौं, साउन १५ गते । चीनबाट सरकारले खरिद गरेको ४० लाख भेरोसेल खोप 'डोज' आज(शुक्रबार)सम्ममा काठमाडौं आइपुगेकाे छ । पाँचौ पटक नेपाल वायुसेवा निगमको वाइडवडी ३३० जहाजले बेइजिङबाट थप खोप ल्याएसँगै ४० लाख खोप काठमाडौं आइपुगेको हो ।

शुक्रबार दिउँसो २ः०५ बजे खोप काठमाडौं आइपुगेको नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख वरिष्ठ पाइलट दिपु ग्वार्चनले जानकारी दिनुभयो । निगमको जहाजले यसअघि चार कार्गो उडानबाट आठ लाख डोजका दरले ३२ लाख खोप ल्याइ सकेको उहाँले जानकारी दिनुभयो । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण शुरु गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत जम्मा ४० लाख डोज खोप खरिद गरेको थियो ।

९७ लाख ८२ हजार डोज खोप आयो,

चीनबाट याे खाेप आएसँगै नेपालमा काेराेना भाइरसविरूद्धकाे खोप ९७ लाख ८२ हजार डोज आइपुगेकाे छ । प्रत्येक नेपालीलाई कोभिडविरुद्धको खोप लगाउन सरकारले यस अघि नै खोप खरिदका लागि ४८ अर्ब बजेट सुनिश्चित गरिसकेकोले थप खोप खरिद प्रक्रियासमेत शुरु गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । मन्त्रालयको तथ्याङ्क अनुसार शुरुवातदेखि हालसम्म जम्मा ९७ लाख ८२ हजार डोज खोप नेपाल ल्याएर लगाउन सहज हुने पौडेलले जानकारी दिनुभयो ।

यसै वर्ष भित्र सबै नेपालीमा खोप लगाइने गरी थप खोप ल्याउने प्रक्रिया शुरु गरेका छौ उहाँले भन्नुभयो । सरकारले  शुक्रबारसम्ममा चीनबाट ४० लाख डोज खोप ल्याइसकेको र खोप वितरण प्रक्रियासमेत ५० वर्षभन्दा माथिका नागरिक र अत्यावश्यक पर्ने नागरिकलाई विहीबारबाट लगाउन शुरु गरेको मन्त्रालयले जनाएको छ । जापान सरकारले पनि खोप उपलब्ध गराउने र कोभिसिल्डअन्तर्गत खोप ल्याउने प्रक्रिया अघि बडेकाले खोप पर्याप्त हुने मन्त्रालयको दावी छ ।

सरकारले पहिलो पटक प्राप्त खोप बागमती, गण्डकी र लुम्वनी प्रदेशमा वितरण गरेको थियो । त्यसपछि क्रमशः त्यसपछि प्रदेश १ का लागि विराटनगर र प्रदेश २ का लागि पत्लैया र कर्णाली प्रदेशका लागि नेपालगञ्जको प्रदेश शीतभण्डारलाई वितरण गरेको स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख गौतमले गोरखापत्रलाई जानकारी दिनुभयो । मन्त्रालयले खोपलाई मौज्दात नराखी प्राप्त हुनसाथ वितरण गर्दै आएको जनाएको छ । तर खोपका लागि लामोसमय सम्म लाम लाग्ने गरेको पाइए पछि मन्त्रालयले खोप सबै नेपालीले पर्याप्त मात्रामा पाउने गरी तयारी शुरु गरेको जनाएको छ । यता भारतको द सिरम इन्ष्टिच्युटबाट खरिद गरेको २० लाख डोजमध्ये १० लाख मात्र आएको र बाँकी १० लाख तत्काल आउने क्रममा छ ।

हालसम्म नेपालमा भेरोसेल : चीनबाट खरिद भएको १८ लाख डोज चीनबाट खरिद भएको ४० लाख कोभिसिल्डः कोभ्यास सुविधाअन्तर्गत तीन लाख ४८ हजार डोज भारतबाट खरिद ११ लाख डोज भारतको द सिरम इन्टच्युटबाट खरिद गरेको १० लाख (१० लाख आउने क्रममा) जोनसोन एण्ड जोनसोन–१५ लाख ३४ हजार जम्मा ९७ लाख ८२ हजार डोज खोप नेपालमा आइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?