logo
२०८१ बैशाख ७ शुक्रवार



काठमाडौँ उपत्यकामा ८६० सङ्क्रमण, कुल आठ हजार ४४० जना सकृय सङ्क्रमित

स्वास्थ्य |


काठमाडौँ उपत्यकामा ८६० सङ्क्रमण,  कुल आठ हजार ४४० जना सकृय सङ्क्रमित


गाेरखापत्र अनलाइन

काठमाडाैं, साउन १४ गते । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ रहेका छन् । उपत्यकामा हिजाे ८५९ जना सङ्क्रमित पुष्टि भएका थिए । 

काठमाडौँमा पाँचहजार ९३८, ललितपुरमा एकहजार ३९४ र भक्तपुरमा एकहजार १०८ जना सकृय सङ्क्रमित रहेका छन् । काठमाडौँ उपत्यकामा अहिले आठ हजार ४४० जना सकृय सङ्क्रमित अस्पताल र हाेम आइसाेलेसनमा रहेर उपचार गराइरहनुभएकाे छ ।

उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरसहित ११ जिल्लाहरूमा पाँचसय भन्दा बढी सङ्क्रमित रहेका छन्।

मोरङ, सुनसरी, झापा, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की, रुपन्देही पनि  पाँचसय भन्दा बढी सक्रिय सङ्क्रमित छन् । दुई सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या २४ रहेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?