logo
२०८० चैत्र १६ शुक्रवार

   किन पटक पटक बढ्छ पेट्रोलियम पदार्थको मूल्य ? 



अन्तर्राष्ट्रिय बजारमा बढ्नु मुख्य कारण, विकल्प सोच्नु जरुरी

पढ्नै पर्ने |


अन्तर्राष्ट्रिय बजारमा बढ्नु मुख्य कारण, विकल्प सोच्नु जरुरी


आशा साह
काठमाडौं, असार ३१ गते । नेपालमा छोटो समयमा धेरै पटक पेट्रोल, डिजेललगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजार रहेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिको कारण भारतीय आयल निगमबाट नेपाल आयल निगमलाई प्राप्त हुने मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आउने हुँदा नेपालमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुको मुख्य कारण रहेको बताउनुभयो ।

नेपालमा नयाँ वर्षको शुरुवातदेखि असार मसान्तसम्म निगमले पाँच पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । यसरी पटक–पटक मूल्य वृद्धि गर्दा पनि १५ दिनमा ९१ करोड ३५ लाख रुपियाँ घाटा रहेको र महिना दिनमा करिब दुई अर्ब रुपियाँ घाटा निगमले व्यहोरि रहेको प्रवक्ता उपाध्यायले बताउनुभएको छ ।

पटक–पटक मूल्य वृद्धि तै पनि निगम घाटामै
निगमले भारतबाट परल मूल्य तिरेर पेट्रोल, डिजेललगायत पेट्रोलियम पदार्थ ल्याएको हुन्छौं । त्यो परल मूल्यमा निगमले सम्पूर्ण राजश्व, सरकारी राजश्व, पेट्रोलियम पदार्थ भण्डारण गर्दाको ब्याज जोडेको हुन्छ । यसरी सम्पूर्ण परल मूल्य जोड्दा पेट्रोल, डिजेललगायत पेट्रोलियम पदार्थ मूल्य १३७ रुपियाँ पर्न आउँछ भने निगमले १३६ रुपियाँमा बिक्री गर्नुपर्ने हुन्छ । तर, निगमले बिक्री गर्नुपर्छ १२९ रुपियाँमा । जसले गर्दा निगमलाई सधै घाटा भइरहेको प्रवक्ता उपाध्यायले बताउनुहुन्छ ।

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुँदा सबैभन्दा बढी मार सर्वधारणमा पर्ने देखियो
पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा जनतालाई मार पर्ने देखिन्छ नै । जनतालाई मार नपार्नको लागि निगमले यसरी नै घाटा खाएर जानुपर्छ । पेट्रोलियम पदार्थबाट निगमलाई महिनामा एक अर्ब ८० करोड अर्थात् करिब दुई अर्ब रुपियाँ घाटा ब्यहोर्नुपर्छ । साथै मासिक १५ देखि १७ अर्ब रुपियाँसम्म मूल्य तिरेर ल्याएको पेट्रोलियम पदार्थले कहिलेसम्म धान्ने, राज्यले ? निगमका प्रवक्ता विनितमणि उपाध्यायले भन्नुभयो ।

सार्वजनिक यातातयले आफू खुशी भाडा दर
यातायातले आफू खुशी मूल्य भाडा दर निर्धारण गर्न नमिल्ने उहाँले बताउनुभयो । भाडा दर निर्धारण यातायात व्यवस्था विभागले गर्ने हो । विभागको अनुमति नलिइ सार्वजनिक यातायातले मूल्य समायोजन गर्न पाउँदैन ।

जहाँसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कुरा रह्यो निगमलाई १५ दिनमा ९१ करोड ३५ लाख रुपियाँ घाटा छ । पेट्रोल प्रति लिटर १२९ रुपियाँ छ,तर पनि सात रुपियाँ घाटा छ । डिजेल प्रतिलिटर ११२ रुपियाँमा पाँच रुपियाँ घाटा छ । एलपि ग्यासमा ३२० रुपियाँ प्रति सिलिण्डर घाटा छ । सबै घाटाका कारण निगमलाई १५ दिनमा ९१ करोड ३५ लाख रुपियाँ घाटा छ ।

घाटालाई कसरी व्यवस्थित गर्न सकिन्छ
यसको व्यवस्थित र व्यवस्थापन गर्न देशमा बढीभन्दा बढी विजुली उत्पादन गर्नुपर्छ । विजुलीमा खपतको दर बढाउने र एलपि ग्यास खपतमा निरुत्साहित गर्दै जाने हो भने केही मात्रामा घाटा कम गर्न सकिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म सबैभन्दा बढी घाटा एलपिग्यासमा रहेको छ । १५ दिनमा करिब ५० करोड र महिनादिनमा करिब एक अर्ब घाटा एलपिमा रहेको छ । विजुलीको उत्पादन बढी हुन्छ भने विजुलीबाट चल्ने इन्डक्सनको चुलो प्रयोगमा ल्याउन नीतिबनाउनु पर्छ । देशमा उत्पादन भएको वस्तुको खपत गर्र्नुपर्यो । यसो गरेमा एलपिको खपत कम हुन्छ ।

त्यस्तै नेपाल सरकारलेबजेटमा विजुलीबाट चल्ने बसहरुको कुरा उल्लेख गरेको छ । ब्याट्रिबाट चल्ने साधनको पनि कुरा उठेको छ । जसले गर्दा भोलिका दिनमा डिजल मट्टितेलको खपत कम हुन्छ ।

यि सारा विषयले गर्दा पेट्रोलय, डिजेललगायत पेट्रोलिम पदार्थमा मूल्य वृद्धि गर्नुपर्ने बाध्यता रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । निगमले यति गरेन भने निकम चल्न नसक्ने अवस्थामा आउन धेरै समय लाग्दैन । आजभन्दा ६–७ वर्ष अगाडि निगमलाई करिब–करिब ३६–३७ अर्ब रुपियाँ घाटामा थियौं । अहिले १५ दिनमा ९१ करोड ३५ लाख रुपियाँ र महिना दिनमा करिब दुई अर्ब रुपियाँ घाटा निगमले व्यहोरि रहेको प्रवक्ता उपाध्यायले बताउनुभयो ।

यता निगमले २०७८ सालको शुरुवातमै निगमले पेट्रोल, डिजेललगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्यो । वैशाख ४ गते, जेठ २ र २२ गते र असार ९ र २२ गते पुनः निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो ।

वैशाख ४ गते राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल तथा डिजेल–मट्टितेलमा एक रुपियाँले वृद्धि गरेको थियो । नयाँ खुद्रा मूल्य क्रमशः १२१ रुपिया, १०४ रुपियाँ प्रतिलिटर कायम गरिएको थियो । मूल्य वृद्धि हुनु अघि पेट्रोल १२० रुपियाँ, डिजेल–मट्टितेल १०३ रुपियाँ प्रतिलिटर कायम थियो ।

जेठ २ गते पेट्रोल तथा डिजेल–मट्टितेलमा दुई रुपियाँले मूल्य वृद्धि गरेको थियो । मूल्य वृद्धिपछि क्रमशः १२३ रुपियाँ, १०६ रुपियाँ तथा ७८ प्रतिलिटर कायम गरिएको थियो । त्यसपछि निगमले फेरि जेठ २२ गते पेट्रोल तथा डिजेल–मट्टितेलमा वृद्धि गर्यो । जेठ २२ गते पनि निगमले दुई रुपियाँले मूल्य वृद्धि गरेको थियो । मूल्य वृद्धिपछि क्रमशः १२५ रुपियाँ, १०८ रुपियाँ तथा ८० रुपियाँ प्रतिलिटर कायम गर्ने निर्णय गर्यो ।

तर, निगमको यो निर्णय पनि धेरै दिन टिक्न सकेन । तसर्थ निगमले पुनः असार ९ गते पेट्रोल तथा डिजेल–मट्टितेलमा दुई रुपियाँले मूल्य वृद्धि गर्यो । मूल्य वृद्धिपछि क्रमशः १२७ रुपियाँ, ११० रुपियाँ प्रतिलिटर कायम गर्ने निर्णय गर्यो । तर, पनि निगम घाटामै रहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।

त्यसपछि पुनः असार २२ गते राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल तथा डिजेल–मट्टितेलमा दुई रुपियाँले मूल्य वृद्धि भयो । मूल्य वृद्धिपछि क्रमशः १२९ रुपियाँ, ११२ रुपियाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ ।

मूल्य वृद्धिपछि पेट्रोलमा प्रति लिटर ७ रुपियाँ, डिजेलमा प्रतिलिटर ४ रुपियाँ तथा एलपि ग्यासमा प्रति सिलिण्डर ३१९ रुपियाँ घाटा रहेको निगमले जनाएको ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?