logo
२०८० चैत्र १६ शुक्रवार



खोप लगाउनेमा बागमती प्रदेश अगाडि, कुन प्रदेशमा कतिले लगाए

पढ्नै पर्ने |


खोप लगाउनेमा बागमती प्रदेश अगाडि, कुन प्रदेशमा कतिले लगाए


आशा साह
काठमाडौं, असार २५ गते । सरकारले शुरु गरेको कोराना विरुको देशभर शुरु गरेको खोप अभियानमा कोभिसिल्ड र भेरोसेल खोप सबैभन्दा धेरै लागउनेमा बागमती प्रदेश अगाडि रहेको छ भने कम खोप लगाउने जनसंख्यामा कर्णाली प्रदेश रहको छ ।

बागमती प्रदेशमा चार लाख २१ हजार ४८२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका छन् भने कर्णाली प्रदेशमा एक लाख ७३ सय २८ जनाले कोभिसिल्डको पहिलो मात्रा लिएका छन् ।

त्यस्तै बागमती प्रदेशमा चार लाख ७० हजार ६०४ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् भने कर्णली प्रदेशमा २३ हजार ९ जनाले भेरोसेल खोपका पहिलो मात्रा लिएका छन् ।

कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सातै प्रदेशमा २६ लाख ११ हजार ८०७ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लिएका छन् । जसमध्ये नौ लाख ३३ हजार ८६८ जनाले कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सातै प्रदेशमा १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो खोप लिएका छन् । जसमध्ये ४ लाख ६ हजार ३६ जनाले मात्र कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छन् ।

त्यस्तै भेरोसेल खोपको पहिलो मात्रा लिएका सात लाख ८७ हजार ३२३ जनामध्ये ४७ लाख ३१ हजार १३४ जनाले दोस्रो मात्रा पाएका छन् ।

सातै प्रदेशमा कोभिसिल्डको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्या
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा तीन लाख ७१ हजार ८६ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका छन् । पहिलो मात्रा खोप लगाएकामध्ये ५२ हजार ८५५ जनाले मात्र दोस्रो मात्रा लिएका छन् । साथै दुई लाख ५४ हजार ३३१ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

प्रदेश २ मा तीन लाख २० हजार ५३२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका मध्ये ४६ हजार १५८ जनाले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् । साथै दुई लाख ७४ हजार ३७४ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

बागमती प्रदेशमा चार लाख २१ हजार ४८२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका छन् । जसमा एक लाख ६० हजार ४९५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख ६० हजार ९८७ जनाले दोस्रो मात्रा लगाएका छैनन् ।

गण्डकी प्रदेशमा एक लाख ८७ हजार ९७४ जनाले पहिलो मात्रा लगाएका छन् भने ४९ हजार ६११ जनाले मात्रै कोभिसिल्डको दोस्रो मात्रा लगाएका छन् । साथै एक लाख ३८ हजार ३६३ जनाले दोस्रो मात्रा लगाएका छैनन् ।

यसैगरी लुम्बिनी प्रदेशका दुई लाख ७८ हजार ४७६ जनाले कोभिसिल्डको पहिलो मात्रा लिएकामध्ये ८४ हजार १६३ जनाले मात्र दोस्रो मात्रा पाएका छन् । त्यस्तै एक लाख ९४ हजार ३१३ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

कर्णाली प्रदेशमा एक लाख ७३ सय २८ जनाले कोभिसिल्डको पहिलो मात्रा लिएका छन् । जसमा २८ हजार ८४८ जनाले मात्रै दोस्रो मात्रा लगाउन पाएका छन् । साथै ७८ हजार ४८० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा दुई लाख ५५ हजार ६ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका मध्ये ३७ हजार ९०६ जनाले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् । साथै एक लाख ६७ हजार ६ सय जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

सातै प्रदेशमा भेरोसेल खोपको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्या
यसैगरी स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ७० हजार २६३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका मध्ये १९ हजार ४५४ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् । यसमध्ये ५० हजार ८०९ जनाले दोस्रो मात्रा लगाउन बाँकी छन् ।

प्रदेश २ मा ७२ हजार ९८५ जनाले पहिलो मात्रा लगाएका छन् । त्यसमध्ये छ हजार ९८४ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् भने ६६ हजार १ जनाले दोस्रो मात्रा पाएका छैनन् ।

बागमती प्रदेशमा चार लाख ७० हजार ६०४ जनाले पहिलो मात्रा लगाएका छन् । जसमध्ये तीज लाख ८५ हजार ३०५ जनाले दोस्रो मात्रा लगाएका छन् भने ८५ हजार २९९ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन बाँकी छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ३१ हजार ९० जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । जसमा ६४ सय १ जनाले मात्रै दोस्रो मात्रा लगाएका छन् भने २४ हजार ६८९ जना दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

लुम्बिनी प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका ७३ हजार ८८४ जनामध्ये ३४ हजार ४६४ जनाले मात्र दोस्रो मात्रा लगाएका छन् । साथै ३९ हजार ४२० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

कर्णाली प्रशेमा २३ हजार ९ जनाले भेरोसेल खोपका पहिलो मात्रा लिएका छन् । जसमध्ये दुई हजार ३६ जनाले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् । बाँकी २० हजार ९७३ जनाले दोस्रो मात्रा पाएका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लिएका ४१ हजार ४८८ जनामध्ये १८ हजार ४९० जनाले मात्र दोस्रो मात्रा लिन पाएका छन् । बाँकी २२ हजार ९९८ जना दोस्रो दोस्रो मात्रा लगाउन बाँकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?