logo
२०८१ बैशाख १२ बुधवार

  के चीनबाट असार भित्रै खोप आइपुग्छ त ?  



प्रक्रिया बढेको छ, किनबेच गोप्य हुन्छ, अरु सबै हल्ला मात्र

स्वास्थ्य |
राष्ट्रिय |


प्रक्रिया बढेको छ, किनबेच गोप्य हुन्छ, अरु सबै हल्ला मात्र


आशा साह
काठमाडौं, असार १४ गते । नेपालमा खोप कहिले आउँछ भन्ने बारे आम मानिसमा व्यापक चासो छ । यसै सन्दर्भमा कहिले चीनबाट कहिले अमेरिका वा डेनमार्कबाट खोप आउने भयो भन्ने समाचारहरु आइरहन्छन् । तर स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले भने अहिले खोपको किनबेच गोप्य हुने भएकाले यी सबै अनुमानका कुरा भएको बताउँछन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख एवं कोभिड–१९ खोपसम्बन्धी सल्लाहकार समितिका संयोजक डा.तारानाथ पोखरेलले खोप खरिदको तयारी भइरहेको तर यसबारे आधिकारिक कुरा बाहिर नआएको बताउनुभयो ।

‘खोप खरिदबारे हलैहल्ला हो । जबसम्म खोप हाम्रो स्टोरमा आइपुग्दैन तबसम्म आधिकारिक रुपमा जानकारी बाहिर आउँदैन,’ परिवार कल्याण महाशाखाका प्रमुख पोखरेलले भन्नुभयो, ‘यसबारे आएका समाचारहरुमा विश्वास गर्न सकिँदैन, हलैहल्ला हो ।’ तर उहाँले चीनसँग खोप खरिद प्रक्रियाको काम भइरहेको भन्ने कुरा सत्य भएको बताउनुभयो ।

‘जोडदार रुपमा खोप खरिद प्रक्रिया अगाडि बढेको छ । विभिन्न खोप उत्पादन कम्पनिहरु पत्रचार हुने र सम्झौताका कामहरु अगाडि बढेका छन्,’ उहाँले भन्नुभयो, ‘तर, अहिले के कति कहिले कहाँबाट आउने बारे मन्त्रालयले स्पष्ट रुपमा जानकारी बाहिर नल्याएसम्म हामिले यसै भन्न सक्दैनौ ।’
भ्याक्सिन खरिद प्रक्रियाको बारेमा पहिला जस्तो स्पष्ट रुपमा आधिकारिक जानकारी अहिले बाहिर नआउने र खोप बिक्री वितरण गोप्य प्रक्रियामा हुने उहाँले बताउनुभयो ।

सरकारले यसअघि नै चीनको सिनोफार्म कम्पनीबाट उत्पादित भेरोसेल खोप खरिद गर्ने निर्णय गरिसकेको । उक्त निर्णय अनुसार चीनबाट ४० लाख भेरोसेल खोप खरिद प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । चीनले विश्वका ५० भन्दा बढी देशमा खोप बिक्री गरिरेको छ भने एक सय देशलाई सहुतिय दरमा खोप बिक्री गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?