logo
२०८० चैत्र १६ शुक्रवार



एक हजार ७२१ सङ्क्रमण पुष्टि, २७ जनाको मृत्यु

स्वास्थ्य |


एक हजार ७२१ सङ्क्रमण पुष्टि, २७ जनाको मृत्यु


गाेरखापत्र अनलाइन
काठमाडौं, असार ११ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ७२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ५८६ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ७६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसँगै आठ हजार ९४५ जनाको मृत्यु भैसकेको छ ।

पाँच हजार ४५५ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९१.३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरु ४५ हजार ७९४ जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?