logo
२०८१ बैशाख १३ बिहीवार



असार २२ गतेबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

स्वास्थ्य |
पढ्नै पर्ने |


असार २२ गतेबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइने


महिमा देवकोटा
काठमडौं, असार ११ गते । चीनले दोस्रो पटक उपलब्ध गराएको कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ ।
सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा (बुस्टर डोज) खोप लगाइने तय भएको बताउनुभयो ।
साथै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात् दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउने उहाँले बताउनुभयो ।
उहाँले भन्नभयाे, यस अघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहकाले दोस्रो मात्रा खोप लाउन पाउनेछन् तर त्यसका लागि उनीहरूले पहिलो मात्रा खोप लगाएको कार्ड देखाउनु अनिवार्य हुनेछ ।
पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको उहाँले बताउनुभयो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?