logo
२०८१ बैशाख १३ बिहीवार



नेपालमा कोरोना विरुद्धको खोपको परीक्षण गर्न बाटाे खुला

स्वास्थ्य |


नेपालमा कोरोना विरुद्धको खोपको परीक्षण गर्न बाटाे खुला


विष्णु पाण्डेय
काठमाडौं, असार ८ गते । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले नेपालमाा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण गर्ने बाटो खुला गरिदिएको हो ।
मन्त्रिपरिषद् बैठकले विदेशमा उत्पादन /परीक्षण/अध्ययन भैरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएको नेपाल स्वास्थ्य अनुसन्धान परीषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालिले बताउनुभएको छ ।
“राष्ट्रपतिले जारी गरेको खोपको क्लिनिकल ट्रायल सम्बन्धी अध्यादेशको संशाेधन अनुुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ,स्वास्थ्य औषधि व्यवस्था विभाग ,स्वास्थ्य सूचना विभाग सबै मिलेर खाकाहरु बनाएर मन्त्रिपरीषदमा पठायौँ , मन्त्रिपरीषद्को पनि अध्यादेश समितिले छलफल गरेर यसले कानुनी मान्यता पाएको हो ” उहाँले भन्नुभयो ।
अब विदेशी संस्थाले नेपालमा खोप परिक्षण गर्न चाहे सरकारको अनुमति लिग्नुपर्ने र सबै प्रक्रिया मन्त्रिपरिपषद्को निर्णय बमाेजिम हुने उहाँले बताउनुभयो ।
अहिले विश्वका सबै देशका नागरीकले लगाइरहेका खोपहरु परीक्षणकै क्रममा रहेकाले नेपालले पनि अरु देशका खोप उत्पादक कम्पनी तथा देशलाई नै परीक्षणका लागि आग्रह गर्न सक्ने डा. ज्ञवालीले बताउनुभयो ।
नेपालमा हेपाटाइटिस ,जापानिज इन्सेफ्लाईटिस ,कालाजार जस्ता रोगविरुद्धका खोपहरु परीक्षण सफल भैसकेकाले कोरोना भाईरस बिरुद्धको खोपको परीक्षण पनि सफल हुने उहाँ बताउनुहुन्छ ।
योसँगै नेपाल स्वास्थ्य अनुसन्धान परीषद्ले कोरोनाको खोप लगाएकाहरुको एन्टिबडीको परीक्षण , खोप लगाएका र नलगाएका व्यक्तिहरुको एन्टिबडीको परीक्षण , पहिलो मात्र र दुवै डोज लगाएकामा एन्टिबडीको परीक्षण , कोरोना सङ्क्रमण भएर निको भएकाहरुको एन्टिबडीको परीक्षण लगाएतका बिषयमा अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?