logo
२०८१ बैशाख ८ शनिवार



सङ्क्रमितको घरमै आयुर्वेदिक औषधि वितरण गर्दै आयुर्वेद कार्यालय

स्वास्थ्य |
समाज |


सङ्क्रमितको घरमै आयुर्वेदिक औषधि वितरण गर्दै आयुर्वेद कार्यालय



मनोज भट्टराई
ओखलढुङ्गा, असार ५ गते । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाले कोरोना सङ्क्रमितको घरमै पुगेर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरेकाे छ । सङ्क्रमितको घरमै पुगेर केन्द्रले आयुर्वेदिक औषधि वितरण गरेको हो ।
एकहप्ता अघिबाट सुरु गरिएको यो अभियानमा कार्यालयले त्रिकटु, गुडकी चूर्ण, यष्टीमधु, सीताेपलादि, अमृत चिया आदि रोग प्रतिरोध बढाउने औषधि सङ्क्रमितलाई सेवनका लागि वितरण गरिएको कार्यालयका निमित्त प्रमुख उद्धव भट्टराईले जानकारी दिनुभयो । कार्यालयबाट यी औषधि नियमित वितरण गरिरहेको र सङ्क्रमितलाई घरैमा औषधि पुर्याउन चाहिँ भर्खर थालिएको उहाँको भनाइ छ ।
कार्यालयले हाल सिद्धिचरण नगरपालिका ४, ११ र १२ वडा सङ्क्रमितलाई औषधि वितरण गरिएको छ । अन्यसेवा केन्द्रहरुबाट पनि सङ्क्रमितलाई औषधि बाँड्ने तयारी भरहेइको भट्टराईले जानकारी दिनुभयो ।
ओखलढुङ्गामा सङ्क्रमितको घरमा पुगेर आयुर्वेदिक औषधि वितरण गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुङ्गाका निमित्त कार्यालय प्रमुख उद्धव भट्टराई ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?