logo
२०८१ बैशाख ७ शुक्रवार

  दृश्य समाचार  



कोभिड निको भएकामा पनि समस्या आउन सक्छ

स्वास्थ्य |
राष्ट्रिय |


कोभिड निको भएकामा पनि समस्या आउन सक्छ


बिष्णु पान्डेय, दृश्यमा मनोजरत्न शाही/केशव गुरुङ्ग
काठमाडौँ ,असार ४ गते । कोभिड संक्रमण भएर निको भएकाहरुमा छाति सम्बन्धी दुई तीन प्रकारका पोष्ट कोभिड संक्रमणको जोखिम हुन सक्ने छाती रोग बिशेषज्ञ डा.राजु पंगेनिले बताउनुभएको छ ।

एउटा कोभिड भएर खासै लक्षण नदेखिएको , अर्को लक्षण देखिएको तथा अस्पतालमै भर्ना भएर अक्सिजन नै चढाउनु परेको र तेस्रो आईसीयू मै राखेर उच्च मात्रामा अक्सिजन चाहिने अथवा भेन्टिलेटर मै राख्नुपरेर रिकभर भएका बिरामीमा पोष्ट कोभिड सिन्ड्रोम फरक फरक किसिमको देखिएको उहाँले बताउनुभयो ।
पहिलो अवस्थाको बिरामी जो विना लक्षण निको भए उनिहरुलाई पछि छातिको समस्या धेरै नहुने तर कोहिकोहिलाई भने डरको कारणले मांसपेशीहरु दुख्ने हुनसक्ने उहाँले बताउनुभयो । विशेष गरी अस्पतालमै भर्ना नै गरेर उपाचार गर्नुपर्ने खालका व्यक्तिहरुमा पोष्ट कोभिडको जोखिम बढि रहेको गोरखापत्रसँगको कुराकानीमा डा. पंगेनी बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?