logo
२०८१ बैशाख १३ बिहीवार



उपत्यकामा ५०८ सङ्क्रमित थपिए

स्वास्थ्य |


उपत्यकामा ५०८ सङ्क्रमित थपिए


गोरखापत्र अनलाइन
काठमाडौं, असार ४ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ५०८ सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ५०८ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३९४, ललितपुरमा ६० र भक्तपुरमा ५४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौंमा हाल छ हजार ७३५, ललितपुरमा दुई हजार ९८३ र भक्तपुरमा दुई हजार २५० जना सङ्क्रमित छन् । काठमाडौंमा हालसम्म दुई लाख ८९०, ललितपुरमा ३६ हजार ५१९ र भक्तपुरमा २१ हजार ७२३ जना सङ्क्रमित भएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा हालसम्म एक हजार ८०३, ललितपुरमा ५२३ र भक्तपुरमा ३५२ जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयले हाल ८७२ जना आईसीयूमा रहेकोमा २४६ जना भेन्टिलेटरमा रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?