logo
२०८० चैत्र १६ शुक्रवार



एक हजार ९६३ थपिए, चार हजार २० कोरोनामुक्त, ४४ को मृत्यु

स्वास्थ्य |


एक हजार ९६३ थपिए, चार हजार २० कोरोनामुक्त, ४४ को मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, असार ४ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ९६६ सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा सात हजार ५६९ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९६६ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १७ हजार ९४७ पुगेको छ । एन्टीजेन विधिबाट पोजेटिभ पाइएकाहरुको सङ्ख्या २४ हजार ८६१ छ । हाल नेपालमा ५९ हजार ६२४ जना सक्रिय सङ्क्रमित छन् ।
मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा चार हजार २० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४९ हजार ६८२ जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८९ प्रतिशत पुगेको छ ।
गएको चौबीस घण्टामा ४४ जना सङ्क्रमितको कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणको कारणले आठ हजार ६४१ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?