logo
२०८० चैत्र १६ शुक्रवार



उपत्यकामा ५४५ सङ्क्रमित थपिए

स्वास्थ्य |


उपत्यकामा ५४५ सङ्क्रमित थपिए


गोरखापत्र अनलाइन
काठमाडौं, असार २ गते । काठमाडौं उपत्यकामा कोरोनाका ५४५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार १४ सङ्क्रमित थपिएकोमा उपत्यकाका ५४५ जना छन् ।
स्वास्थय तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चौबीस घण्टामा काठमाडौंमा ४५५, ललितपुरमा ७४ र भक्तपुरमा १६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौंमा हाल सात हजार ७८३, ललितपुरमा तीन हजार २०३ र भक्तपुरमा दुई हजार ३१७ जना सक्रिय सङ्क्रमित छन् ।
कठमाडौंमा हालसम्म एक लाख ९९ हजार ७२९, ललितपुरमा ३६ हजार २७२ र भक्तपुरमा २१ ह्जार ५५४ जना सङ्क्रमित भएका छन् । काठमाडौंमा हालसम्म एक हजार ७८७, ललितपुरमा ५१६ र भक्तपुरमा ३५१ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?