logo
२०८१ बैशाख १३ बिहीवार



दुई हजार ४९ थपिए, पाँच हजार १४७ कोरोनामुक्त, ५३ मृत्यु

स्वास्थ्य |


दुई हजार ४९ थपिए, पाँच हजार १४७ कोरोनामुक्त, ५३ मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३१ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ४९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नौ हजार ४३८ को आरटीपीसीआर विधिबाट नमूना परीक्षण गरिएकोमा दुई हजार ४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १० हजार ५२१ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा पाँच हजार १४७ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा पाँच लाख ३६ हजार २५२ जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८७.८ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा आठ हजार ४६५ जनाले ज्यान गुमाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?