logo
२०८० चैत्र १६ शुक्रवार

काठमाडाैँमा खाेप लगाउनेकाे भीड (फाेटाे फिचर)

स्वास्थ्य |
फोटो फिचर |


2021-06-14-39688
तस्बिर सुजन गुरूङ्ग 


गाेरखापत्र अनलाइन

काठमाडौं, जेठ ३१ गते । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चाइनिज खोपको पहिलो मात्रा पुनः लगाइने शुरू गरिएकाे छ । काठमाडाैंका चारवटा अस्पतालमा दिन शुरू गरिएकाे साे खाेप लगाउने स्थानमा मानिसकाे भीड लागेकाे छ । 
जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर शुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो । दुई दिन खोप अभियान सञ्चालन भएपछि जेठ २७ गते काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै खोप अभियान रोकाएको जानकारी दिएको थियो । आइतबार सूचना जारी गर्दै महानगरपालिकाले ६०–६१ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेद खोपको पहिलो मात्रा लगाउन अनुरोध गरेको थियाे ।
यसभन्दा अघि उक्त खोप जेठ २८ र २९ गते लगाइने कार्यक्रम थियो । तर, विशेष कारण देखाउँदै खोप अभियान स्थगित गरिएको थियो । खोप अभियान बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने  जानकारी दिइएकाे छ । खोप वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल नयाँबानेश्वरमा खोप लगाइनेछ ।

तस्बिर सुजन गुरूङ्