logo
२०८१ बैशाख १३ बिहीवार

  दृश्य समाचार  



समयमा उपचार भए कालो ढुसीको संक्रमण निको हुन्छ

स्वास्थ्य |
पढ्नै पर्ने |


समयमा उपचार भए कालो ढुसीको संक्रमण निको हुन्छ


मुकुन्द गैरे, दृश्यमा मनोजरत्न शाही र केशब गुरुङ्ग
काठमाडौँ, जेठ २७ गते । छिमेकी मुलुक भारतमा कालो ढुसी अर्थात् ब्ल्याक फङ्गसका विरामी बढेसँगै उक्त रोगका विरामीहरु नेपालमा पनि देखिन थालेका छन् ।


काठमाडौंलगायत देशका विभिन्न ठाउँमा पनि ब्ल्याक फङ्गसका विरामी देखिन थालिएको हो । उक्त संक्रमण नेपालीलाई पनि देखिएपछि आम मानिसमा कोरोनासँगै ब्ल्याक फङ्गसबाट त्रसित छन् ।
यसैबीच, यससँगै सम्बन्धित जनस्वास्थ्य विज्ञहरुले समयमै लक्षण देखिनासाथ उपचार गराए डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
नाक, कान, घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपानेले लक्षण देखिएपछि उपचार गर्न सकियो भने निको हुने रोग भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यो एक प्रकारको ढुसी हो यो आफँैमा कालो नभए पनि यो संक्रमणले गर्दा हाम्रो शरीर कालो बनाइदिएर र हाम्रो शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएको अवस्थामा यसले आक्रमण गर्ने गर्छ ।
कोरोना जस्तो सरुवा यो रोग होइन, जस्को रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता शरीरमा छैन, त्यस्ता व्यक्तिमा देखा पर्ने उहाँ बताउनुहुन्छ ।
यो नयाँ किसिमको रोग नभएर पुरानै पहिला पनि देखिने रोग भएको भन्दै उहाँले अहिले कोरोनाका संक्रमण देखिएसँगै मानिसको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएको कारण धेरै जनामा यो कालो ढुसीका विरामी देखिएको बताउनुभयो ।
खासगरी कोरोना संक्रमण, मधुमेह, मिगौला फेरेका, क्यान्सर भएका अर्थात् दीर्घ रोगीहरुको लागि यो रोगको बढी जोखिम रहेको उहाँको भनाइ छ ।
ब्ल्याक फङ्गस लक्षण
टाउको, आँखा र गाला दुखिरहने, नाकबाट बाक्लो सिंगान, दुई आँखाको बीचमा दुखेको अनुभव हुनेलगायत नाक, आँखा र छालाको रङ फेरिँदै जानु प्रमुख लक्षणहरु हुन् ।
यसैगरी, आँखा धमिलो हुँदै जाने, आँखा सुनिदै जाने पनि हुन्छ । यस्ता किसिमका लक्षण देखा परेमा मधुमेह, क्यान्सर, मिर्गौैलालगायत दीर्घरोगी विरामी समयमै अस्पताल जानुपर्ने आवश्यक हुन्छ ।
कोरोना भन्दा ब्ल्याक फङ्गस बढी जोखिम
कोरोना संक्रमण भन्दा यो ब्ल्याक फङ्गसले ज्यान जाने बढी खतरा रहेको डा. न्यौपाने बताउनुहुन्छ । लक्षण देखिको सुरुमै उपचार गराउन नगएपछि अन्तिम अवस्थामा ज्यान जान सक्ने बढी खतरा रहेको उहाँ बताउनुहुन्छ ।
तर समयमै उपचार गराउन सकियो भने मृत्यु हुने खतरा कम हुने उहाँको भनाइ छ ।
यसबाट बच्ने उपाय
ब्ल्याक फङ्गस कोरोनाका विरामीलगायत अन्य सबैले लामो समयसम्म एउटै माक्सको प्रयोग नगर्न, हात मुख साबुन पानीले धोइरहने, लामो समयसम्म बन्द रहेको कोठामा हावा आउने गरी मात्र बस्ने, आफुखुसी औषधीको सेवन नगर्ने मधुमेहलगायतका विरामीले सुगरको मात्रा नियन्त्रण गर्ने लगायतका उपाय अपनाएमा बच्न सकिने उहाँ बताउनुहुन्छ ।
लक्षण देखेपछि स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपर्नेमा उहाँको जोड छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?