logo
२०८१ बैशाख ५ बुधवार



कामनपाले ताेक्याे भेराेसेलकाे पहिलाे खाेप लगाउने उमेर समूह र समय

स्वास्थ्य |
पढ्नै पर्ने |
खुला |


कामनपाले  ताेक्याे भेराेसेलकाे पहिलाे खाेप लगाउने  उमेर समूह र समय


गाेरखापत्र अनलाइन

काठमाडौं, जेठ २३ गते । काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको चीनले उपलब्ध गराएकाे भेराेसेल खोपको पहिलो मात्रा लगाउन ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आग्रह गरेको छ ।
तर, कोभिड–१९ को सङ्क्रमण भएका ६० देखि ६४ उमेर समूहका व्यक्तिहरुले एक महिना पूरा भएपछि मात्र खोप लगाउन आग्रह गरिएको छ । शहरी स्वास्थ्य तथा खाद्य पदाथै नियमन विभागका विभागीय प्रमुख हरिबहादुर कुँबरले आइतबार एक सूचना जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो ।
विभागका विभागीय प्रमुख हरिबहादुर कुँबरले आफू बसोबार गर्ने वडा नजिकको खोप केन्द्रमा गई स्वास्थ्य मापदण्डको पालना गरी खोप लगाउन आग्रह गर्नुभएको छ । काठमाडौं महागरपालिकाको ३२ वटै वडामा जेठ २५ देखि २९ गतेसम्म खोप लगाइँदै छ । खोप मङ्गलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ ।
प्रमुख कुँबरका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ भने २६ गते ६३ वर्ष उमेर समूहकालाई खोप लगाइने छ ।
त्यस्तै २७ गते ६२ वर्ष उमेर समूह, २८ गते ६१ वर्ष उमेर समूहका र २९ गते ६० वर्ष उमेर समूहकालाई भेरोसेल खोपको पहिलो मात्रा दिइन लागेको कुँबरले जानकारी दिनुभयो । साथै उहाँले तोकिएको मितिमा मात्र खोप लगाइने बताउनुभएको छ ।
खोप लगाउन आउँदा उमेर खुलेको फोटोसहितको सरकारी कागजात सँगै लैजानुपर्ने छ । त्यस्तै सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर खोप लगाउन जानुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?