logo
२०८१ बैशाख १५ शनिवार

नाच्दै फर्किए सङ्क्रमणमुक्त ५२ बालबालिका (फोटो फिचर)

स्वास्थ्य |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-06-05-39028
तस्बिर ः विकास द्वारे


गाेरखापत्र अनलाइन 
काठमाडौं, जेठ २२ गते । लै बरी लै, लै बरी लै...पटुकीमा सिउरेको सुर्के थैली खै... बोलको गीत घन्कदै थियो । बालबालिकादेखि स्वास्थ्यकर्मी तथा कोरोना संक्रमण भएका बिरामीहरु खुसीले नाच्न थाले । सबैको मुहारमा जीतको भाव झल्किन्थ्यो ।
साना ६ वर्षीया बालिका नाच्न नआए पनि कम्मर मर्काइ मर्काइ खुसीको गीतमा नाचिरहेको देखिन्थ्यो भने अरुले पनि साथ दिइरहेका थिए ।
यो खुसीको माहोल कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तालिम केन्द्रको आइशोलेसन सेन्टरको हो । शनिवार एकैपटक ५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका थिए । चारदेखि २० वर्ष सम्मका कोरोना सङ्क्रमित स्वथ्य भएर घर फर्केका हुन् ।
केन्द्रका चिकित्सक तथा कोभिड वार्डका संयोजक डा.जितेन्द्र श्रेष्ठले नक्सालस्थित बालमन्दिर तथा सिफलका बाल गृहका बालकालिका तथा कर्मचारी एकै पटक कोरोनालाई जितेर घर फर्किएको बताउनुभयो ।
सबैको एन्टिजेन परीक्षणबाट नेगेटिभ आएपछि घर फर्काइएको हो उहाँले थप्नुभयो, एक जनाको पोजेटिभ आएकोले केही दिन आइशोलेसनमा नै राख्छौं । केही दिनमा उहाँलाई पनि डिस्चार्ज गछौं ।
डा.श्रेष्ठका अनुसार कुनै स्वास्थ्य समस्या नभएकाले उहाँलाई पनि चाँडै नै घर पठाउछौ ।
ती बालबालिकामा जेठ १० गेत पीसीआरमा पोजेटिभ आएपछि ११ गते कीर्तिपुरमा ल्याइएको उहाँले जानकारी दिँदै भन्नुभयो, यस अघि कोरोनाको लहरमा साना बालबालिका भर्ना नलिएको हुनाले यो पटक लिन अलि डर थियो ।
कान्ति बाल अस्पतालका चिकित्सकहरुको परामर्श तथा हामीले तयार गरिएको आयुर्वेदिक औषधिले चाँडैनै निको भएको धारणा ब्यक्त गर्नुभयो ।
बालबालिकालाई कुनै मानसिक समस्या नहोस् भनेर बालमनोविद्हरुले पनि परार्मश दिनुको साथै विभिन्न खेलमा सामेल गराएको पनि उहाँले जानकारी दिनुयभो ।
डा.श्रेष्ठले युनिसेफ नेपालले बालबालिकाको लािग विभिन्न खेल खेल्ले सामान भकुण्डो, रङ सहयोग गरेको बताउनुभयो । उहाँले बालबालिकालाई रमाइलो गर्न ब्यायाम, नाचगान, लुडो, क्यारेमबोर्ड जस्ता खेल खेल्न पनि उत्साहित गरिरहेको जानकारी दिनुभयो ।
पहिलेको आयुर्वेदिक औषधि बालबालिकाले खान नसक्ने भएकोले केन्द्रका निर्देशक रामआधार यादवको संयोजकत्वमा डा.जितेन्द्र श्रेष्ठ , डा. अमितमान जोशी तथा डा.सृजना श्रेष्ठको सल्लाह बमोजिम अर्को गोली बनाएर दिएको पनि बताउनुभयो ।
केन्द्रका निर्देशक डा रामआधार यादव भन्नुहुन्छ, विभिन्न आयुर्वेदिक जडीबुटीबाट औषधि बनाएर बालबालिकालाई महमा खान दिएको हो ।
उहाँका अनुसार चार देखि १० वर्षका ११ जना, ११ देखि २० वर्षका १७ जना तथा २१ माथिका ७ जना संक्रमित भएका थिए ।
तीन जना बालबालिकामा भने शारिरीक अपाङ्गता रहेको जानकारी दिदै डा.यादवले आयुर्वेदिक औषधि, योग, साङ्गीतिक ब्यायाम तथा बेलुका नाच गानको कारण पनि चाँदै कोरोनालाई जितेको धारणा ब्यक्त गर्नुभयो ।
आज ५२ जना घर फर्कदा निकै खुसी लागि रहेको छ उहाँले भन्नुभयो, बालबालिका संक्रमित भएको उपचार गरेर राम्रो परिमाण आउनु राम्रो उपलब्धि हो ।
यता उपचारमा खटिरहनु डा.अनिश धामीले बालबालिका धेरै आत्मविश्वास रहेको बताउनुभयो । आफूले बालबालिकालाई उपचार गर्न पाएको र निको भएर घर फर्कनुभएकोमा खुसी ब्यक्त गर्दे उहाँले सङ्क्रमित बालबालिका आफैमा रमाएका र कोही नाच्ने गाउने गर्दे दिन बिताएको बताउनुभयो ।
नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले आफ्ना बालबालिका सबै निको भएर फर्केको देख्दा खुसीको सीमा नभएको बताउनुभयो ।