logo
२०८१ बैशाख ७ शुक्रवार



घट्न थाल्यो सङ्क्रमणसँगै मृत्युदर

स्वास्थ्य |
मुख्य समाचार |


घट्न थाल्यो सङ्क्रमणसँगै मृत्युदर


गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १९ गते । दैनिक थपिने सङ्क्रमितको सङ्ख्या घटेसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि घटेको छ । सोमबार ११४ जना सङ्क्रमितको मृत्यु भएकोमा मङ्गलबार ६८ जनाको मात्र मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दैनिक मृत्यु हुनेको यो सङ्ख्या एक महिनायताकै सबभन्दा कम हो । योसहित नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात हजार ४५४ पुगेको छ ।
मङ्गलबार कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या छ हजार ८९८ जना रहेको छ । योसहित हालसम्म चार लाख ५४ हजार ३४४ जना निको भएका छन् । मन्त्रालयले मङ्गलबार गरेको १७ हजार १४७ जनाको पीसीआर परीक्षणमा पाँच हजार २८५ जना र तीन हजार १८ जनाको एन्टिजेन परीक्षणमा आठ सय जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच लाख ६६ हजार ५८७ पुगेको छ । मन्त्रालयका अनुसार अहिले एक लाख चार हजार ७८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना निको हुने दर ८० दशमलव २ प्रतिशत पुगेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?