logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोना सङ्क्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन   

स्वास्थ्य |
खुला |


कोरोना सङ्क्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन   
फाइल तस्बिर


काठमाडौँ, जेठ १७ गते । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको बताउनुभयो ।

सहप्राध्यापकद्वय किशोर महर्जन र डा. शेरजङ्ग खड्का, उपप्राध्यापकमा शङ्कर सुवेदी, विनय प्रसाई, दीपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक शिक्षकमा मनोज चौरसिया र नवीन कर्णको सङ्क्रमणका कारणले निधन भएको छ । 

त्रिविले अहिलेसम्म ६१६ जना शिक्षक, कर्मचारी सङ्क्रमित भएको जनाएको छ । त्रिविले सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि सबै परीक्षा स्थगन गरेको छ । सङ्क्रमणका कारण त्रिविका ७९ शिक्षण एकाइले पूर्णरुपमा र ३० वटा निकायले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको महाशाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।

आंशिक अनलाइन कक्षा सञ्चालन भएकोमध्ये ९० प्रतिशतभन्दा बढी निकायमा ५० प्रतिशतभन्दा बढी कक्षा भइरहेका छन् । त्रिवि चार वटा निकायमा अनलाइन कक्षा सञ्चालनको तयारीमा छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?