logo
२०८१ बैशाख ८ शनिवार



सर्वोच्च उपलब्धि गणतन्त्र

गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति हो

विचार/दृष्टिकोण |


सर्वोच्च उपलब्धि गणतन्त्र


केपी शर्मा ओली

आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ । गणतन्त्र दिवस नेपाली जनताको बलिदान र सङ्घर्षको सफलताको दिन हो । यो हाम्रो उल्लासको चाड हो तर आज हामी त्यसरी उल्लासपूर्वक यस चाडलाई मनाउन सकिरहेका छैनौँ । कोभिड–१९ को महामारीका कारण सार्वजनिक व्यवहारका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्न हामी बाध्य छौँ । विवाह, ब्रतवन्ध, चाडपर्व र जात्राहरू समेत मनाउन सकिरहेका छैनौँ । यस्ता कुनै पनि पर्व यस महामारीका कारण हाम्रो घरदैलोमा खुसी लिएर आउन सकिरहेका छैनन् । यतिबेला कोरोनाको कहर विश्वव्यापी रूपमा साझा समस्या बनेको छ । त्रासदीको यस्तो अवस्थामा हामी गणतन्त्र दिवस यस रूपमा मनाउन बाध्य भएका छौँ ।
गणतन्त्र दिवसका अवसरमा सर्वप्रथम यहाँहरू सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । यस दिन जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी सिद्धान्त र प्रणालीमा आधारित र जबरजस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्न‘हुने प्रातःस्मरणीय शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । गणतन्त्रको सपना देख्नुहुने र हामीलाई आन्दोलनमा मार्गदर्शन गर्न‘हुने हाम्रा अग्रजप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु । गणतन्त्र प्राप्तिको यस लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायलाई हार्दिक अभिनन्दन गर्छ‘ ।
आज सिङ्गो मानव समुदाय कोरोना महामारीविरुद्ध कठिन सङ्घर्षमा जुटेको छ । हाम्रो पुस्ताले भोग्नुपरेको सर्वाधिक ठूलो चुनौतीका रूपमा देखिएको यस महामारीबाट जनताको जीवन रक्षा गर्न हामीले कुनै पनि सम्भव प्रयास बाँकी राखेका छैनौँ । यसले हाम्रा कार्यपद्धति, प्राथमिकता, स्वभाव र जीवनशैलीलाई चुनौती दिएको छ । यो महामारी अकस्मात् आएकाले संसारका कुनै पनि देशमा यसको पूर्वतयारी थिएन । मौजुदा स्वास्थ्य संरचनाको क्षमताले सम्पूर्ण समस्यालाई सम्बोधन गर्न सबैलाई हम्मेहम्मे नै प-यो अथवा त्यो अपर्याप्त नै भयो । हामीले करिब शून्य अवस्थाको स्वास्थ्य संरचना र पूर्वाधारलाई यसैबीचमा व्यवस्थित गरी आइपरेको सङ्कटसँग जुध्नु प¥यो । अहिले त दोस्रो÷तेस्रो लहरका रूपमा मानव स्वास्थ्यलाई चुनौती दिई भाइरसका नयाँ स्वरूपसमेत देखा परिरहेका छन् ।
हामीले अधिकांश सङ्क्रमित बिरामीको उपचार निःशुल्क गर्ने गरिरहेका छौँ । निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेका छौँ । जबकि कतिपय सम्पन्न र विकसित देशले पनि यस किसिमले स्वास्थ्य परीक्षण, उपचार वा कोभिड खोपको प्रबन्ध निःशुल्क गर्न सकेका छैनन् । हामीले त आगामी निर्वाचनभन्दा अगाडि नै सबै जनतालाई खोप उपलब्ध गराउन प्रयास अगाडि बढाएका छौँ । यस कार्यमा सरकार प्रयासरत छ र आफ्नो क्षमतालाई भरपुर प्रयोग गर्दै कोभिडविरुद्धको लडाइँमा आफूलाई केन्द्रित गरिरहेको छ । यस चुनौतीलाई सामना गर्न हामी सक्षम हुने छौँ भन्ने विश्वास म सबैमा दिलाउन चाहन्छु ।
गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो, मैले अघि नै पनि भनिसकेँ । जनता वास्तविक अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महŒवपूर्ण र अविस्मरणीय दिन हो । जनताले सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको प्रणालीको संरक्षण र विकास गर्न‘ अब हाम्रो कर्तव्य हो र हामी यस कर्तव्य पालनामा इमानदारी र निष्ठासाथ क्रियाशील रहिरहेका छौँ ।
मानव सभ्यताको विकास क्रममा राज्यहरूको उत्पत्ति गणराज्यहरूबाट भएको थियो । लोकतान्त्रिक विधिबाट निर्वाचित हुने प्रतिनिधिबाट गणराज्यको व्यवस्थापन हुने र हरेक महत्त्वपूर्ण निर्णय जनताको अभिमतबाट नै हुने परम्परागत व्यवस्थाबाट नेपाली सभ्यताको पनि आरम्भ भएको थियो । तर, सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताको आधारमा शासकहरू स्थापित हुने, वंश परम्पराले निरन्तरता र नेतृत्व पाउने तथा ‘हुकुम’ बाट राज्य सञ्चालन गर्ने व्यवस्था सुरु भयो । छलछाम, कपट र हिंसाबाट राजतन्त्र सुरु भयो र जनतामाथि गरेको दमनबाट वंशाणुगत नेतृत्व कायम भयो । लामो समयसम्म चलेको त्यस सामन्ती प्रणालीको अन्त्य गर्दै हामीले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो शासन प्रणालीको रूपमा अगाडि बढाएका छौँ ।
नेपालमा गणतन्त्र स्थापना भएको आज १३ वर्ष पूरा भएको छ । विधियुक्त राज्य प्रणालीले कानुनको शासन र लोकतन्त्रको प्रतिनिधित्व गर्छ । सारपूर्ण र वास्तविक गणतन्त्रसहितको लोकतन्त्र नै पूर्ण लोकतन्त्र हो । हाम्रा सम्पूर्ण साधनस्रोत तथा प्रयास ती आकाङ्क्षालाई मूर्त रूप दिन नै केन्द्रित छन् । हामीसँग जनताका प्रतिनिधिले बनाएको संविधान छ । संविधानमा जनताको अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षा प्रतिविम्बित छन् । तिनको व्यावहारिक कार्यान्वयनमार्फत जनताको हातमा प्रतिफल पु-याउन हामी दत्तचित्त छौँ । लोकतान्त्रिक गणतन्त्रको अभ्याससँगै हामीले हासिल गरेका उपलब्धिहरू गौरवपूर्ण र दूरगामी महत्त्वका रहेका छन् ।
गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो । जनतामार्फत निर्धारित गरिएको जनताको तन्त्र हो । जनतालाई केन्द्रबिन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो । मानिस जन्मदै धर्तीमा रहेका स्रोतसाधन निर्वाध उपभोग गर्न पाउने अधिकारसहित जन्मिन्छ । जनताको श्रेष्ठता र सर्वोच्चता हुने, स्वच्छ प्रतिस्पर्धा रहने गणतन्त्रात्मक शासन प्रणाली सामाजिक रूपान्तरणको माध्यम हो । संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग सहज रूपमा गर्नेगरी जनता सचेत र सक्षम नहुँदासम्म गणतन्त्र दिगो हुन सक्दैन । जनताको अज्ञानताबाट लाभ लिँदै जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहले आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्तिलाई निस्तेज पारी गणतन्त्रलाई दिगो बनाउनु जरुरी छ । त्यसैले समुचितरूपमा लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध बनाउन जनताले समानतायुक्त, न्यायपूर्ण, शान्ति सुरक्षायुक्त वातावरणसहित सुशासन र सेवामा पहुँचको अनुभूति गर्नेगरी हामीले हाम्रा तमाम प्रयासहरू अगाडि बढाइरहेका छौँ ।
गणतन्त्रको यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका बहुआयामिक क्षेत्रमा विकास गर्ने समुन्नत प्रणालीतर्फ हामी अग्रसर छौँ । मुलुकमा संरचनागत पूर्वाधारको तीव्र र दिगो विकासमा हाम्रो सक्रियता त्यसैका लागि हो । हामी मुलुकको विकासका लागि सामाजिक र भौतिक पूर्वाधार बनाउँछौँ, तिनै पूर्वाधारले जनताको सुख र समृद्धिका आधार निर्माण गर्दछन् । त्यसैलाई हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका रूपमा अगाडि सारेका छौँ । हामीले लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन समावेशीकरणसहितको सामाजिक न्याय, सुशासन र समृद्धिका तीन वटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाएका छौँ ।
गणतन्त्रलाई जनताको जीवनसँग तादात्म्य कायम गरेर अगाडि बढ्न हाम्रा सम्पूर्ण प्रयास केन्द्रित छन् । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन नै विकासका चौतर्फी अभियान अगाडि बढाइएको छ । गणतन्त्रात्मक शासन प्रणाली मात्र नभएर अथवा गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धतिसमेत हो ।
लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन सक्दैन, गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्ता वास्तविक रूपमा जनतामा हुँदैन । हामी लोकतन्त्रसहितको गणतन्त्र र गणतन्त्रसहितको लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ । हाम्रो समाज र संविधानले लोकतान्त्रिक गणतन्त्रलाई भित्रैदेखि अङ्गीकार गरेको छ । सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहितको प्रणाली हो, जहाँ सीमान्तकृत, अल्पसङ्ख्यक, गरिबी र बेथितिमा बाँचेका वर्ग, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायको बीचमा विभेद र बहिस्करण होइन, राज्यको संरक्षणले स्थान पाउँछ । राज्यले कमजोर र विपन्न वर्गलाई संरक्षणको नीति लिएको छ । गणतन्त्रमा जाति, वर्ग, लैङ्गिक समुदाय, धर्म वा अरू कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुन सक्दैन । गणतन्त्र उन्नत लोकतान्त्रिक संस्कार भएको शासन प्रणाली भएकाले विचारको स्वस्थ बहस, मर्यादित छलफल र असहमतिका बीच निर्वाध अभिव्यक्तिको प्रत्याभूति हुन्छ । यसका लागि आचरण, व्यवहार र विचारका हिसाबले समेत उन्नत, परिष्कृत, पारदर्शी, सहभागितामूलक र स्वार्थरहीत व्यवहार हुनु अनिवार्य छ । वास्तवमा अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले कानुनको शासन र समावेशी लोकतन्त्रलाई सार्थक र सफल तुल्याउँछ ।
यस अवधिमा हाम्रा हरेक प्रयास लोकतान्त्रिक गणतन्त्रलाई जीवनपद्धतिका रूपमा स्थापित गराई शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन, नयाँ संविधान कार्यान्वयन गर्न, सङ्क्रमणकालको अन्त्य गरी गणतन्त्रलाई संस्थागत गर्न र विकासको यात्रालाई अगाडि बढाउन केन्द्रित गरेका छन् । यस अवधिमा चेतनाको संस्थागत विकाससँगै विकास र समृद्धिका सपनाले पनि साकार रूप लिन थालेका छन् । जनताले आफूलाई शासन गर्ने, आफ्ना प्रतिनिधि आफँै चयन गर्ने र आफ्नै सहभागितामा स्वतन्त्र ढङ्गले विकास गर्ने पद्धति बसालिएको छ । राष्ट्रको सार्वभौम अभ्यासले नवस्थापित गणतान्त्रिक प्रणालीलाई मजबुत पार्दै राष्ट्रले अन्तर्राष्ट्रिय रूपमा समेत भिन्न पहिचान बनाएको छ ।
लामो राजनीतिक अस्थिरता र सङ्क्रमणलाई चिर्दै मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको छ । आर्थिक वृद्धिदरमा निरन्तर प्रगतिका साथै निरपेक्ष गरिबीमा कमी हुनु, सुशासन र शान्ति स्थापनामा सुधार भई अपराधमा कमी तथा जनतामा सुरक्षाको प्रत्याभूति हुनु, भूकम्पपछिको पुनर्निर्माणका कार्यले सार्थकता पाउनु, सेवाप्रवाहमा व्यापक सुधारसहित जनताको सन्तुष्टि बढ्दै गई विकास, समृद्धि तथा सुशासनका सबै आयाम तथा विश्वप्यापी परिसूचकमा उल्लेख्य सुधार आउनुले मुलुक सही दिशातिर अगाडि बढेको स्पष्ट हुन्छ । खासगरी कोरोना महामारी सुरु हुनुअघिसम्म विकास र समृद्धिका हाम्रा सबै सूचकाङ्क अत्यन्त उत्साहबद्र्धक रहेका थिए ।
मुलुकको यस शासन प्रणालीलाई संस्थागत र सुदृढ गर्न राष्ट्र र राष्ट्रियताको भावना एकाकार हुनुपर्छ । ओझेलमा परेका विकास र समृद्धिका आकाङ्क्षालाई एकीकृत रूपमा सम्बोधन गर्न‘पर्ने हुन्छ । सरकारले विभिन्न समयमा देखापरेका अनेक व्यवधानलाई झेल्दै जनआकाङ्क्षालाई नै प्राथमिकतासाथ सम्बोधन गरेको छ र गरिरहनेछ ।
लोकतन्त्र जनताको जीवनमा बाँच्नुपर्ने प्रणाली हो । जनताको जीवनबाट यसलाई अलग गरेर केही व्यक्ति विशेषको स्वार्थसिद्धिका लागि उनीहरूलाई उपभोक्ता बनाई शासन अवधिको बाँडफाँट तथा उपभोगका रूपमा अथ्र्याउने विसङ्गत परिभाषा यसका लागि हानिकारक छ । यो जनताको सार्वभौम अधिकार हो, जसलाई जनताले निर्वाचनमार्फत अभ्यास गर्छन् । जनताबाहेक कुनै पनि तागतले कसैलाई सत्ताको केन्द्रमा पु¥याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात् गर्न सक्दैन । हाम्रो गणतन्त्रले प्रणालीका छिद्रहरू खोजेर कसैलाई सत्तामा चढाउने र कसैलाई झार्ने खेलमा समय व्यतीत गर्ने होइन, गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने हुन्छ । त्यसमा पनि खासगरी जब राष्ट्रिय समस्या आइपर्छन्, जब महामारीजस्ता सङ्कट आइपर्छन्, जब राष्ट्रिय सीमाभन्दा बाहिरका विश्वव्यापी समस्या आइपर्छन्, तब त्यस्ता अवस्थामा हामीले साझा लडाइँ, संयुक्त प्रयास र सबै एकजुट भएर गरिने प्रयासबाट लड्नु र त्यसमा विजय हासिल गर्न‘पर्ने हुन्छ । जनता मजबुत हुँदा स्वतः लोकतन्त्र मजबुत हुने स्पष्ट छ । राजनीतिक झगडा/लडाइँंका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर जनताको अभिमतलाई सर्वोपरी मान्दै अग्रसर रहन म सबैलाई आग्रह गर्न चाहन्छु । आफ्ना जिद्दी होइन, जनताको आवधिक मूल्याङ्कन र जनताको अभिमत नै सर्वोपरी र निर्णायक कुरा हो ।
आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष हो । निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्न र निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्छ । यसै अभिप्रायका साथ आगामी कात्तिक २६ र मङ्सिर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ । यतिबेला चुनाव हुँदैन र गराइदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार र हानिकारक छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा हार्दिक आग्रह गर्दछु ।
गणतन्त्र दिवसको यस अवसरमा सरकार निर्वाचनमा जानुपर्ने अवस्थाको सिर्जना आज कसरी भयो भनी स्पष्ट गर्न‘ पनि सान्दर्भिक ठान्दछु । मुलुक निर्माणको एउटा दृष्टिकोण, एउटा सोच र एउटा अभियानअनुरूप जारी घोषणापत्र अनुसारको जनअनुमोदनबाट आएको सरकारले चालेका जनमुखी कदमहरू यहाँहरू समक्ष अवगत नै छन् । तर सरकारका हरेक पाइलामा हामीले व्यवधान, घेराबन्दी र विरोध मात्रै सामना गरिरहनु परेको छ । जनताका लागि होइन, सत्ता आकाङ्क्षी समूहका लागि मात्रै मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने यस प्रवृत्तिको छिनोफानो गर्ने अब जनताले नै हो । मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजा जनादेश माग्नु एकमात्र विकल्प हुन पुगेको छ । सबै दलले आफूलाई जनपरीक्षण गर्ने अवसर पनि यस क्रममा नै प्राप्त गर्ने छन् । तसर्थ सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध रहेको कुरा म निवेदन गर्न चाहन्छु ।
गणतन्त्र दिवसको यस सन्दर्भमा म यहाँहरू सबैमा कोरोना सङ्क्रमणबाट सुरक्षित रहन आग्रह गर्दछु । यसबीचमा कोरोनाका कारण मृत्युवरण गर्न‘हुने दिदीबहिनी तथा दाजुभाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु र शोकसन्तप्त परिवारहरूमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु । आज सरकारले कोरोनाविरुद्धको लडाइँलाई सबभन्दा प्रमुख एजेण्डा बनाएको छ । त्यसमा आपूmलाई आफ्ना साधन–स्रोत र सामथ्र्यका साथ केन्द्रित गरेको छ । आन्तरिक स्रोत साधनको अत्यधिक परिचालन गरेको छ अथवा सम्पूर्ण रूपमा परिचालन गरेको छ । त्यसैगरी बाह्य सहयोग, मित्रराष्ट्रहरू, सङ्घसंस्थाहरू सबैका प्रयास जुटाउने कोसिस गरिरहेको छ र कोभिड–१९ का विरुद्ध हाम्रो लडाइँलाई सफलतामा पु-याएर छोडिनेछ । गणतन्त्र दिवसको यस अवसरमा म बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबैलाई लोकतान्त्रिक गणतन्त्र साकार पार्नका लागि अग्रसर हुन हार्दिक आह्वान गर्दछु । सबैमा धेरैधेरै शुभकामना भन्न चाहन्छु ।
धन्यवाद ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?