logo
२०८० चैत्र १६ शुक्रवार



बङ्गलादेशमा नयाँ प्रकारको कोभिड–१९ को सङ्क्रमणबाट पहिलो मृत्यु

अन्तर्राष्ट्रिय |


बङ्गलादेशमा नयाँ प्रकारको कोभिड–१९ को सङ्क्रमणबाट पहिलो मृत्यु
तस्विर-पीटीआई


ढाका, जेठ ४ गते।
बङ्गलादेशले कोभिड–१९ को नयाँ प्रकारबाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार मृत्यु भएको जनाएको छ ।
सरकारको सङ्क्रमक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार मृतक सङ्क्रमित व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए । बङ्गलादेशमा अहिलेसम्म छ व्यक्तिमा नयाँ प्रकारको सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये मृतक एक जना क्यान्सर र अन्य रोगबाट पीडित थिए ।
बङ्गलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको शुरुमा अत्यधिक सङ्क्रामक कोरोनाभाइरसका दुई घटनाहरू पत्ता लागेका थिए ।
भारतमा कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धि भएपछि अप्रिल १४ देखि दुई देश बीचको यात्रुबहाक उडानहरूलाई पनि स्थगित गरिएको थियो ।
बङ्गलादेशमा सोमबार कोरोनाभाइरस महामारीबाट मृत्यु हुनेको सङ्ख्या ३२ रहेको थियो भने कोभिड–१९ का कारण सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ६९८ रहेको थियो । यससँगै अहिलेसम्म बङ्गलादेशमा कोभिड–१९ पुष्टि भएको सङ्ख्या सात लाख ८० हजार ८५९ पुगेको छ भने १२ हजार १८१ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?