logo
२०८० चैत्र १६ शुक्रवार



बुटवल कोरोना विशेष अस्पतालमा थप दश सङ्क्रमितको मृत्यु

फिचर |
पढ्नै पर्ने |
प्रदेश |


बुटवल कोरोना विशेष अस्पतालमा थप दश सङ्क्रमितको मृत्यु
फाइल तस्बिर


दीपक ज्ञवाली
बुटवल, वैशाख २८ गते । बुटवलस्थित कोरोना विशेष अस्पतालमा सङ्क्रमणबाट थप दश जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ती सबैको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेहरुमा आठ जना पुरुष र दुई महिला हुनुहुन्छ ।
अक्सिजनको अभाव झेलिरहेको यो अस्पतालमा सङ्क्रमितहरुको चाप झन बढिरहेको छ । सूचना अधिकारी डा.गौतमका अनुसार रुपन्देहीकी ५१ वर्षीया महिला,प्युठानको गौमुखी ७ का ५० वर्षीय पुरुष, कपिलवस्तुको बुद्धभूमि–१ का ४० वर्षीय पुरुष,रुपन्देहीको बुटवल ११ का ३६ वर्षीय पुरुष,बुटवलका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । त्यसैगरी रुपन्देहीको कञ्चन गाउँपालिका–४ की ३६ वर्षीया महिला, बुटवल १७ का ७८ वर्षीय पुरुष, बुटवल–१२ का ६३ वर्षीय पुरुष,रूपन्देहीको सैनामैना–३ का ४२ वर्षीय पुरुष, कपिलवस्तुको चन्द्रौटा–७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको उहाँले जानकारी गराउनुभयो ।
सङ्क्रमणसँगै धेरैजसोमा श्वासप्रश्वासमा समस्या र निमोनिया रहेको अस्पतालले जनाएको छ । योसँगै सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेहरुको सङ्ख्या २८५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?