logo
२०८० चैत्र १६ शुक्रवार



आईपीएल स्थगित

क्रिकेट |
खेलकुद |


आईपीएल स्थगित
तस्विर-बीसीसीआई


गोरखापत्र अलनाइन
काठमाडौं, वैशाख २१ गते । इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी संस्करण स्थगित भएको छ । पछिल्लो दुई दिनमा एकपछि अर्को खेलाडी र कर्मचारीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि प्रिमियर लिग स्थगित भएको हो ।
आईपीएलका अध्यक्ष ब्रिजेश पटेलले जारी संस्करण स्थगित भएको पुष्टि गर्नुभएको छ । प्रिमियर लिगले जारी गरेको वक्तब्यमा भनिएको छ, “भारत क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले खेलाडी, कर्मचारी र अन्य सहभागीको स्वास्थ्यलाई लिएर जोखिम लिन खोज्न चाहन्न ।” “सुरक्षा, स्वास्थ्य र खेलाडीको हितलाई ध्यानमा राखेर उक्त निर्णय लिइएको हो ।”– प्रिमियर लिगले जारी गरेको वक्तब्यमा उल्लेख छ ।
वक्तब्यमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले खेलाडीको सुरक्षित बर्हिगमनको सबै उपाय अबलम्बन गर्ने जनाइएको छ । मंगलबार मात्रै सनराइजर्स हैदराबादका ऋधिमन साहमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । यसअघि कलकत्ता नाइट राइडर्सका दुई खेलाडी र चेन्नई सुपर किंग्सका तीन जना अधिकारीमा सङ्क्रमणको पुष्टि भएको थियो ।
भारतमा दैनिक करिब चार लाखभन्दा बढी सङ्क्रमित हुँदै आएका छन् । मंगलबार मात्रै तीन लाख ५७ हजार सङ्क्रमित थपिएका छन् । करिब तीन हजार चार सय जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?