logo
२०८० चैत्र १६ शुक्रवार



सातहजार डाेज‘रेम्डेसिभिर’आइपुग्याे, आजै वितरण, थप भाेलि ल्याइने

स्वास्थ्य |
पढ्नै पर्ने |


सातहजार डाेज‘रेम्डेसिभिर’आइपुग्याे, आजै वितरण, थप भाेलि ल्याइने


आशा साह

काठमाडौं, वैशाख २१ गते । कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट नेपाल आइपुगेको छ ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले हिजाे आइपुग्नु पर्ने सात हजार डोज औषधि आज नेपाल आइपुगेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ । पछिल्लो समय कोभिडका बिरामी बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सोही माग अनुसार बङ्गलादेशबाट सात हजार डाेज औषधि नेपाल ल्याइएको उहाँले बताउनुभयो । साथै उहाँले भोलि पनि केही मात्रामा औषधि नेपाल आइपुने बताउनुभयो ।
‘रेम्डेसिभिर औषधि नेपाल आइपुगेको र अब दुई घण्टाभित्र वितरण हुन्छ,’ उहाँले भन्नुभयो । उहाँले सो औषधि कोभिड अस्पतालहरुमा पठाउने तयारी भइरहेको बताउनुभयो ।
कोभिड बिरामीको लागि प्रयोग हुने सो औषधि कसको पहलमा नेपाल ल्याइएको हो रु भने प्रश्न गर्दा उहाँले आधिकारिक आयातकर्ताको पहलमा ल्याइएको बताउनुभयो ।
सङ्क्रमित बिरामीको अवस्था हेरेर फरक–फरक डोजमा दिइने रेम्डेसिभिर औषधि पछिल्लो केही समयदेखि बजारमा अभाव देखिएको थियो । थप अभाव हुन नदिन आधिकारिक आयातकर्ताको पहलमा औषधि व्यवस्था विभागले बङ्गलादेशबाट उक्त औषधि ल्याउन सुरु गरेको हो ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप भारतबाट आउन ढिलाइ भएपछि चीन, रुस र अमेरिकाबाट खोल खरिदका लागि कूटनीतिक प्रयास तीव्र पार्नुभएको छ । सोमबार प्रधानमन्त्री ओलीले देशवासीका नाममा गरेको सम्बोधनमा सरकारले आफैँ आवश्यक मात्रमा खोप खरिद प्रक्रिया सुरु गरिसकेको बताउनुभएको हो ।
चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो mपर्याप्त मात्रामा खोप ल्याइसक्न सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?