logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाको उच्च जोखिममा बालबालिका

स्वास्थ्य |
मुख्य समाचार |


कोरोनाको उच्च जोखिममा बालबालिका


सरोज ढुङ्गेल

काठमाडौँ, वैशाख १२ गते । नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँंगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ ।
देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । बागलुङ, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेलगायतका जिल्लामा बालबालिका कोरोनाको उच्च जोखिममा छन् । शुक्रबार धादिङको नेत्रावती गाउँपालिका–४ मा १६ जनालाई परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको थियो भने १४ जनामध्ये १० जना विद्यार्थी रहेको वताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख १० गते १८ वर्षमुनिका २२६ जना बालबालिका सङ्क्रमित भएका छन् । यस्तै वैशाख ९ मा १९६, वैशाख ८ मा २४९, वैशाख ७ गते १६७, वैशाख ६ मा ९१, वैशाख ५ मा १००, वैशाख ४ मा ८२, वैशाख ३ मा ७०, वैशाख २ मा ४५, वैशाख १ गते ६४ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार गत वर्षदेखि हालसम्म २३ हजार १३७ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सहप्रवक्ता डा. अधिकारीले १८ वर्षमुनिका ४० जना बालबालिकाको मृत्यु भइसकेको जानकारी दिनुभयो । पछिल्लो केही दिनयता बालबालिकामा कोरोना सङ्क्रमण दर उच्च रहेको छ । गत महिना चैत २८ मा ३३७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका थिए । यस्तै चैत २७ मा २८८ जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३४ जना बालबालिका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार कोरोनाको दोस्रो लहरसँंगै धेरैजसो बालबालिका सङ्क्रमित हुन पुगेका छन् । उहाँले १८ वर्षमुनिका बालबालिकाको सङ्क्रमण दर उच्च हँुदै गएको बताउनुभयो ।
पहिलो चरणको कोरोना लहरमा बालबालिका कोरोनाको जोखिममा देखिएका थिएनन् तर दोस्रो चरणमा भने बालबालिका उच्च जोखिममा छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले पहिलो चरणमा ज्येष्ठ नागरिक र दीर्घरोगी उच्च जोखिममा रहेकोमा यसपटक बालबालिका उच्च जोखिममा रहेको बताउनुभयो ।
कोरोना भाइरस दैनिक बढिरहेको भन्दै उहाँले विद्यालयमा अध्ययरत बालबालिका सङ्क्रमित हुन पुगेको बताउनुभयो । उहाँले केही समयअघिसम्म अस्पतालका कोभिड वार्ड खाली हुने गरेकोमा पछिल्लो समय अस्पतालमा कोभिडका गम्भीर बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । यतिखेर कान्ति अस्पतालमा एक महिना नपुगेको नवजात शिशु कोरोना सङ्क्रमित हुन पुगेका छन् ।
कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार एकमहिने शिशुदेखि ११ वर्षसम्मका चार जना बालबालिका कोरोना सङ्क्रमित भई कान्तिमा उपचाररत छन् । उहाँले उनीहरूलाई अक्सिजन दिएर राखिएको जानकारी दिनुभयो । डा. बिच्छाका अनुसार बालबालिकामा कोरोनाविरुद्धको खोप नआइसकेकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न अभिभावकको भूमिका महìवपूर्ण हुने छ ।
उहाँले बालबालिकालाई बाहिर नपठाउन आग्रह गर्दै बाहिर हिँडिरहने अभिभावकसँंग बालबालिकालाई नराख्न आग्रह गर्नुभयो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बालबालिकाले मास्क लगाउन र जनस्वास्थ्यको मापदण्ड पालना गर्न नजानेकाले धेरै चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले बालबालिकालाई घरमै सुरक्षित राख्न सुझाव दिनुभयो । बाहिर निरन्तर हिँडिरहने अभिभावकभन्दा टाढा राख्नुपर्ने चिकित्सकको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?