logo
२०८१ बैशाख ८ शनिवार



काेराेना सङ्क्रमणकाे हब बन्दै काठमाडाैं उपत्यका

स्वास्थ्य |
समाज |


काेराेना सङ्क्रमणकाे हब बन्दै काठमाडाैं उपत्यका


गाेरखापत्र अनलाइन

काठमाडाैं, वैशाख ८ गते । काठमाडाैं उपत्यकामा काेराेना भाइरसकाे सङ्क्रमण दर बढिरहेकाे छ । नेपाल भर आरटीपीसीआर परीक्षणमा कोरोना भाइरसका दुई हजार २२० जना नयाँ सङ्क्रमित र एन्टीजेन परीक्षणमा १३१ जनामा पोजिटिभ परिणाम पाइएकोमा उपत्यकामा मात्रै एक हजार ५१ जना सङ्क्रमित पहिचान भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा काठमाडाैं जिल्लामा ७८६ जना, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जनाकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

देशभर सङ्क्रमित पहिचान भएकाेमा उपत्यकामा मात्र करिब ४५ प्रतिशत सङ्क्रमित पहिचान भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?