logo
२०८१ बैशाख १२ बुधवार



आरटीपीसीआर परीक्षणमा दुई हजार २२० सङ्क्रमित, २८७ निको

स्वास्थ्य |


आरटीपीसीआर परीक्षणमा दुई हजार २२० सङ्क्रमित, २८७ निको


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ८ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार २२० जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ८४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा साे सङ्ख्यामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल दश हजार ५८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ८०३ जनाको एन्टीजेन परीक्षण गरेकोमा १३१ जनामा पोजिटिभ पाइएको जनाएको छ । एन्टीजेनसहित नेपालमा पछिल्लो चौबीस घण्टामा दुई हजार ३५१ जनामा काेराेना फेला परेकाे हाे ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८७ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ९५.३ प्रतिशतमा झरेकाे छ । हाल ८६ जना क्वारेन्टिनमा छन् ।

सङ्क्रमि मध्ये १८० जना अासीयू र ४७ जना भेन्टिलेटरमा रहेर उपचार गरिरहनुभएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?