logo
२०८० चैत्र १६ शुक्रवार



एसएलसीको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले सात जना  एमबीबीएस डाक्टर पक्राउ

खुला |


एसएलसीको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले सात जना  एमबीबीएस डाक्टर पक्राउ


गाेरखापत्र अनलाइन

काठमाडौं, वैशाख ६ गते । एसएलसीको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले सात जना  एमबीबीएस डाक्टरलाई पक्राउ गरेको छ । सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा पत्रकार सम्मेलन गर्दै रुकुम पश्चिमबाट एक जना, विराटनगरबाट दुई जना, जनकपुरबाट एक जना र काठमाडौंबाट तीनजनालाई पक्राउ गरेको जनाएको हो ।
रुकुम पश्चिमबाट एक जना, विराटनगरबाट दुई जना, जनकपुरबाट १ जना र काठमाडौंबाट तीनजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा सप्तरीका २८ वर्षीय मोहमद सिद्दिक र ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीका २९ वर्षीय सुभाषप्रसाद साह र २७ वर्षीया पल्लवी सिंह, धनुषाका २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङका ३१ वर्षीय दीपेन्द्र गौतम र ललितपुरका २९ वर्षीय फराज हुसेन खाँ हुन् ।
एसएलसीको शैक्षिक प्रमाण पत्र किर्ते गरेको आरोपमा पक्राउ गरिएको सीआइबीले जनाएको छ । सीआइबीले केही दिनअघि उनीहरुलाई पक्राउ गर्नका लागि अभियान नै चलाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?