logo
२०८० चैत्र १६ शुक्रवार



आज दिउँसोबाट मेलम्चीकाे १७ कराेड लिटर पानी सुरूङमा पठाइयो

राष्ट्रिय |


आज दिउँसोबाट मेलम्चीकाे १७ कराेड लिटर पानी सुरूङमा पठाइयो
फाईल तस्विर


मुकुन्द गैरे
काठमाडौँ, बैशाख ६ गते । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आजदेखि दैनिक १७ करोड लिटर अर्थात पुरै पानी पठाइएको छ । आज (सोमबार) दिउँसो १ बजेदेखि दैनिक १७ करोड लिटर पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

सुरुमा चैत्र १५ गतेदेखि परीक्षणको रुपमा दैनिक चार करोड लिटर पानी पठाइएकोमा आज देखि १७ करोड लिटर पठाउन सुरु गरिएको हो । समितिले दैनिक चार करोड लिटरबाट विस्तारै परीक्षणको रुपमा बढाउँदै अन्ततः पुरै पानी पठाउन सफल भएको हो । मेलम्ची खानेपानीको बाँकी काममध्ये हेड बक्स बनाउने काम भइरहेको र यही वैशाख महिना भरीमा काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

अरु काम सम्पन्न भइसकेको र वर्षातको समयमा अर्थात दुईदेखि तीन महिनापछि सुरुङभित्रको पानी सबै सफा गरेर सुरुङभित्र के भइरहेको छ, केही सुधार गर्नुपर्ने अवस्था भए सुधार गरिने कार्यकारी निर्देशक खत्रीले बताउनुभयो । मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा चैत्र १५ देखि वितरण सुरु गरिएको थियो । उक्त पानी महाकाँलचौरस्थित पोखरीबाट वितरण गरिएको थियो ।

यस क्षेत्रबाट वितरण हुने पानी नियमित रुपमा वितरण भइरहेको छ । सुरुमा परीक्षणको रुपमा चैत १५ गतेबाट आइतबार दिउँसोदेखि महाँकाल चौरबाट त्रिपुरेश्वर, न्यूरोड, चाबहिल, बत्तीसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको थियो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने यसअघि कार्यतालिका सार्वजनिक गरिसकेकोे छ । चार चरणमध्ये अँझै केही ठाउँमा पानी वितरण गर्न बाँकी छ, त्यसको लागि काम भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ ।

मेलम्ची खानेपानी आयोजनाले पानी पथान्तरणका लागि महत्वपूर्ण पूर्वाधारहरुको निर्माण सम्पन्न भएसँगै २०७७ फागुन १० गतेबाट सुरुङ परीक्षण कार्य आरम्भ गरेको थियो । परीक्षणको क्रममा २०७७ फागुन २२ गते सुन्दरीजलमा पानी आइपुगेको थियो । यसरी प्राप्त पानी चैत १३ गतेबाट सुन्दरीजलमा प्रसोधन गरी आंशिक रुपमा वितरण प्रणालीमा उपलब्ध गराइएको थियो ।

वितरण प्रणालीमा पूर्ण क्षमतामा पानी प्रवाह गर्ने क्रममा समितिले मेलम्ची नदीमा उपलब्ध पानीको नियमित मापन गरी अनुगमन गरिरहेको छ ।  मेलम्ची नदीको जल प्रवाह, नदी पर्यावरण तथा तल्लो भेगमा आवश्यक पानी नियमित रुपमा उपलब्ध गराउन विशेष ध्यान दिइएको समितिले बताएको छ ।
दैनिक १७ करोड लिटर पानी काठमाडौंतर्फ पथान्तरण भएपछि पनि मेलम्ची नदीमा प्रतिसेकेन्ड १ हजार १ सय लिटर (प्रतिदिन करिब ९ करोड लिटर) भन्दा बढी पानी उपलब्ध छ जुन नदीको पर्यावरणीय सन्तुलनका लागि अति नै महत्वपूर्ण रहेको समितिले बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप