logo
२०८० चैत्र १५ बिहीवार



जीप दुर्घटनामा सात घाइते तीनको अवस्था गम्भीर

खुला |


जीप दुर्घटनामा सात घाइते तीनको अवस्था गम्भीर
सांकेतिक तस्बिर


तानसेन समाचारदाता
पाल्पा, वैशाख ६ गते । निस्दीमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । निस्दी–३, झिरुबासको खादरदेखि रामपुरका लागि छुटेको ग. १ ज. ५७११ नम्बरको जीप गल्धाको पीपलभन्ज्याङ् नजिकै सोमबार दुर्घटना भएको हो ।
चालकसहित १० जना सवार रहेको जीप दुर्घटनामा परी सात जना घाइते भएकामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा निस्दी–४, मित्यालका ७० वर्षका चुडाम सिंह सुनारी, निस्दी – ३, झिरुबासका ४५ वर्षकी केशरी सोमै र निस्दी –४, मित्यालका ६४ वर्षका फत्तेसिंह ठाडा रहनुभएको छ ।
घाइतेहरूको उपचार अहिले रामपुरस्थित रामपुर अस्पतालमा भईरहेको मित्याल रुक्सेभन्ज्याङ् प्रहरी चौकी मित्यालका प्रमुख डेढबहादुर थापाले जानकारी दिनुभयो । जीप सडकदेखि पाँच मिटर तल रुखमा अडिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?