logo
२०८० चैत्र १५ बिहीवार



गौरीफन्टा नाकाबाट आएका ६७ जनालाई कोरोना

प्रदेश |


गौरीफन्टा नाकाबाट आएका ६७ जनालाई कोरोना


अविनाश चौधरी
धनगढी, वैशाख ४ गते । गौरीफन्टा नाका भएर भारतबाट आज फर्किएका ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् ५११ जनाको नाकामै एन्टिजेन विधिबाट परीक्षण गर्दा ६७ जनाको रिपोर्ट पोजिटिभ आएको त्यहाँ खट्नु भएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले जानकारी दिनुभयो । उहाँले ६० पुरुष र सात जना महिलालाई सङ्क्रमण पुष्टि भएको बताउनुभयो । आज सो नाकाबाट ६२५ जना स्वदेश फर्केका छन् । भारतमा कोरोना सङ्क्रमण उच्च दरमा बढ्दै गएपछि त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् ।
हालसम्म गौरीफन्टा नाकामा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६८४ पुगेको छ । चैत ३ गतेदेखि नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न थालिएको हो ।
यसैगरी, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?