logo
२०८० चैत्र १५ बिहीवार



७६८ सङ्क्रमित थपिए, पाँचको मृत्यु, २२६ सङ्क्रमणमुक्त

स्वास्थ्य |


७६८ सङ्क्रमित थपिए, पाँचको मृत्यु, २२६ सङ्क्रमणमुक्त


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ४ गते । नेपालमा कोरोनाभाइरसका ७६८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार ३३३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७६८ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८३ हजार ६५८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा २२६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७५ हजार ३८ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार ५४५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ७४ जना हाल क्वारेन्टिनमा छन् ।
मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ । ६७१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?