logo
२०८१ बैशाख ८ शनिवार



चार हजार परीक्षणमा उपत्यकामा १६३ सहित ३३९ सङ्क्रमित थपिए

स्वास्थ्य |


चार हजार परीक्षणमा उपत्यकामा १६३ सहित ३३९ सङ्क्रमित थपिए


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २५ गते । नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार एकसय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएकाे हाे । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार ८१९ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १६३ जना काठमाडाैं उपत्यकामा सङ्क्रमित थपिएका छन् । काठमाडाैं उपत्यकामा १६३, (काठमाडाैंमा १३२, ललितपुरमा २६ र भक्तपुरमा ५) जना सङ्क्रमित थपिएका छन् ।

नेपालमा अहिले २२ सय एकजना सक्रिय सङ्क्रमित छन् । नेपालमा निकाे हुने दर घटेकाे छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ५२९ निकाे भएका छन् ।   

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?