logo
२०८० चैत्र १६ शुक्रवार

‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

स्वास्थ्य |
फोटो फिचर |


2021-03-07-33287
तस्विर–विकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २३ गते । विश्वब्यापी खोप अभियान(गाभी)को संयोजनमा कोभ्याक्सको तीन लाख ४८ हजार डोज सहुलितपूर्ण खोप नेपाल आइपुगेको छ । सहुलियतपूर्ण खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई आज हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गाभीको तीन लाख ४८ हजार डोज खोप प्राप्त भएको जानकारी दिनुभयो । गाभीले नेपाललाई कुल जनसंख्याको २० प्रतिशत खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । जस बमोजिम नेपालले कुल एक करोड ४२ लाख सहुलियतपूर्ण खोप गाभीबाट प्राप्त गर्नेछ ।
प्रवक्ता डा. गौतमले भन्नुभयो, “विश्वका कतिपय राष्ट्रमा खोप अभियान सुरु नै नभएको अवस्थामा तात्कालका लागि कोभ्याक्सले तीन लाख ४८ हजार डोज पठाएको हो, बिस्तारै अर्को खेप पनि आउनेछ ।” नेपालमा गत माघ १४ गतेबाट खोप अभियान सुरु भएको हो । आजबाट दोस्रो चरणको खोप अभियान सुरु भएको छ । दोस्रो चरणमा ६५ वर्षमाथिका वृद्धलाई निःशुल्क खोप दिइनेछ ।
प्रवक्ता डा. गौतमले ६० लाख जनसंख्यालाई पुग्ने एक करोड २० लाख डोज आवश्यक भएकोमा घटबढ र नोक्सानलाई जोडेर गाभीले एक करोड ४२ लाख खोप दिने प्रतिबद्धता जनाएको खुलाउनुभयो । यसअघि नेपालले भारतसँग २० लाख डोज खोप खरिद गरेको छ । जसमध्ये दश लाख डोज खोप नेपाल गत महिना नै आइपुगेको थियो । अर्को दश लाख डोज अर्को साता आइपुग्ने प्रवक्ता डा. गौतमले बताउनुभयो ।