logo
२०८१ बैशाख ७ शुक्रवार



इंग्ल्याण्ड एक पारी र २५ रनले हार्यो, भारतलाई श्रृखंला

खेलकुद |


इंग्ल्याण्ड एक पारी र २५ रनले हार्यो, भारतलाई श्रृखंला
तस्विर–आईसीसी


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २२ गते । भारतले इंग्ल्याण्ड विरुद्धको चार खेलको टेष्ट श्रृखंला ३–१ ले जितेको छ । भारतले पहिलो पारीमा तयार गरेको ३६५ रनको जवाबमा इंग्ल्याण्डले दुबै पारीमा मात्र ३४० रन जोडन सकेपछि पाहुना टोलीले पारी अन्तरको हार बेहोर्नुपरेको हो ।
सात विकेटको क्षतिमा २९४ रनबाट तेस्रो दिनको खेल अगाडि बढाएको भारतले थप ७१ रन जोड्दै पहिलो पारीमा ३६५ रन जोडयो । १४६ रनमा छ विकेट गुमाएको भारतका लागि ऋषभ पन्तले सातौं विकेटका लागि वाशिंगटन सुन्दरसँग ११३ रनको साझेदारी गर्नुभयो । ऋषभ पन्त १०१ रन बनाएर पेभेलियन फर्किदा सुन्दरले आठौं विकेटका लागि अक्षर पटेलसँग १०६ रनको साझेदारी गर्नुभयो । ओपनर रोहित शर्माले ४९ रनको योगदान दिनुभयो । आठौं नम्बरमा ब्याटिंग गर्न आउनुभएका वाशिंगटन सुन्दर ९६ रनमा अविजित रहनुभयो । अर्को छेउबाट एक पछि अर्को विकेटको पतन हुँदा उहाँ शतक लगाउनबाट चुक्नुभयो ।
इंग्ल्याण्डका लागि बेन्न स्टोक्सले सर्वाधिक चार तथा जेम्स एण्डरसनले तीन र ज्याक लिचले दुई विकेट लिनुभयो । तेस्रो दिन नै आफ्नो दोस्रो पारीको सुरुवात गरेको इंग्ल्याण्डले दिनको खेल सकिन करिब २० ओभर बाँकी छँदै ५४.५ ओभरमा १३५ रनमा समेटिन पुग्यो । उसको पारीमा डान लौरेन्सले बनाउनुभएको अर्धशतक नै सर्वाधिक ब्यक्तिगत याेगफल रहन गयो । कप्तान जोई रुटले ३० रनको योगदान दिनुभयो ।
भारतका लागि अक्षर पटेल र रबिचन्द्रन आश्विनले सामान पाँच पाँच विकेट बाँड्नुभयो ।
त्यसअघि, अहमदाबादमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको इंग्ल्याण्डले आफ्नो पहिलो पारीमा २०५ रनको योगफल तयार गर्यो । बेन्न स्टोक्सले ५९ र डान लौरेन्सले ४६ रनको योगदान दिँदा ऊ सामान्य योगफलसम्म पुग्न सफल भयो ।
भारतका लागि अक्षर पटेलले सर्वाधिक चार, रबिचन्द्रन आश्विनले तीन, मोहम्मद सिराजले दुई र वाशिंगटन सुन्दरले एक विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?