logo
२०८० चैत्र १५ बिहीवार



राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

प्रदेश |


राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त


सन्तोष राउत
सोलुखुम्बु, फागुन १९ गते । लामो समयदेखि लोडसेडिङ मार खेप्दै आएको सोलुखुम्बुको सदरमुकाम सल्लेरी क्षेत्र लोडसेडिङ मुक्त भएको छ । सोलुदूधकुण्ड नगरपालिकाको आवश्यक पहलपछि सल्लेरी च्याल्सा जलविद्युत् कम्पनीको विद्युतमा राष्ट्रिय प्रसारण लाइन जोडिएपछि लोडसेडिङको अन्त्य भएको हो ।
६७० किलोवाटको सल्लेरी च्याल्सा जलविद्युत् आयोजनाको बिजुलीमा करिब ४० लाख रुपियाँको लागतमा केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो । २०४७ सालमा स्वीस सरकारको ३३ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको ३३ प्रतिशत र बाँकी स्थानीयबासीको लगानीमा निर्माण गरिएको आयोजनाको बिजुली नेट मिटरिङ विधिबाट केन्द्रीय प्रणालीमा जोडिएको सल्लेरी च्याल्सा विद्युत कम्पनीका महाप्रबन्धक भोजराज तिवारीले बताउनुभयो ।
राष्ट्रिय प्रसारण लाइनमा जडान भएपछि स्थानीय ग्राहक र कार्यालयहरुमा लोडसडिङ हटेको छ भने विहान र बेलुका परिक्षण कालभर विद्युत पूरा आपूर्ति गर्न नसक्ने सल्लेरी च्याल्सा विद्युत कम्पनीका महाप्रबन्धक तिवारीको भनाइ छ ।
आफू निर्वाचित भएदेखि नै नगरक्षेत्रमा लोडसेडिङ हटाउने योजना अन्तर्गत प्राधिकरणसँग पटक पटक बैठक गरि ठोस निस्कर्ष निकालिएकै कारण दैनिक चा घण्टा लामो लोड सेडिङ हटेको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।
उज्यालो नगरको परिकल्पना गरिएकाले यसलाई पूर्णता दिन टेवा पुग्ने भन्दै मेयर शेर्पाले सल्लेरी च्याल्सा विद्युत कम्पनीको महसुल र राष्ट्रिय प्रसारण लाइनको विद्युत महसुलमा एकरुपता ल्याउन पहल भइरहेको बताउनुभयो । मेयर शेर्पाका अनुसार सल्लेरी च्याल्साको विद्युत खपत नभएको बत्ति प्राधिकरणले लिने र सल्लेरी च्याल्सा विद्युतलाई आवश्यक परेको विद्युत प्राधिकरणले दिने शर्तसहित पिपिए गरी सुख्खा हिउँद याममा ८.४ रुपियाँ र बर्षाको समयमा ४.८ रुपियाँ दर कायम गरिएको छ ।
सोलुखुम्बुमा यसअघि बिहान दुई घण्टा र साँझ दुई घण्टा लोडसेडिङ हुने गरेको थियो । सल्लेरीको विद्युत वितरण भूमिगत लाइनबाट गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?