logo
२०८० चैत्र १६ शुक्रवार



एभर्टनको साउथम्पटमाथि जित

खेलकुद |


एभर्टनको साउथम्पटमाथि जित
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । एभर्टनले साउथम्पटनमाथि १–० को जित हात पारेको छ । इंग्लीश प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा एभर्टनले साउथम्पटनमाथि जित हात पारेको छ ।
साउथम्पटनको जितमा रिचर्लिसनले गर्नुभएको एक मात्र गोल निर्णायक हुन गयो । उहाँले पहिलो हाफको ९ औं मिनेटमा गोल गर्नुभयो । जेल्फी सिगर्डसनको पासलाई रिचर्लिसनले गोलमा परिणत गर्नुभयो ।
जितसँगै एभर्टनले छैठौं स्थानको लिभरपुलसँग अङ्कतालिकामा अङ्क बराबरी गरेको छ । दुबैको ४३ अङ्क छ । चौथो स्थानको वेष्टहमभन्दा ऊ दुई अङ्कले पछाडि छ । ६२ अङ्कसहित म्यान्चेष्टर सिटी शीर्ष स्थानमा छ ।
एभर्टनले बिहीबार वेष्ट ब्रोमविक अल्बियनको सामना गर्नेछ । वेष्ट ब्रोमविकको खेलमा जित हात पारे ऊ लिभरपुल र चेल्सीलाई उछिन्दै चौथो स्थानमा उक्लिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?