logo
२०८० चैत्र १६ शुक्रवार



मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बस्दै

मुख्य समाचार |
पढ्नै पर्ने |


मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बस्दै
फाइल तस्विर


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजेपछि बैठक बस्ने तयारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । मन्त्री चौधरीका अनुसार आजको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे जानकारी गराइएको छैन । अदालतले १३ दिनभित्र संसद बैठक आव्हान गर्ने परमादेश जारी गरेपछि आजको बैठकले संसद बैठक आव्हानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्न सक्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?