logo
२०८१ बैशाख ७ शुक्रवार



११० सङ्क्रमित थपिए, १०२ कोरोनामुक्त

स्वास्थ्य |


११० सङ्क्रमित थपिए, १०२ कोरोनामुक्त


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ११ गते । नेपालमा कोरोनाभाइरसका ११० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा तीन हजार २१८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ११० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १०२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म दुई लाख ७० हजार ६८ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल एक हजार ५३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हाल ६५ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयले हालसम्म २१ लाख ४६ हजार ५३३ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा दुई हजार ६५ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?