logo
२०८१ बैशाख १५ शनिवार

नेपालले किनेको दश लाख डोज खोप काठमाडौं आइपुग्यो(फोटोफिचर)

स्वास्थ्य |
फोटो फिचर |


2021-02-21-32437
तस्विर-सुजन गुरुङ्ग


सरोज ढुंगेल
कठमाडौं,फागुन ९ गते । सरकारले खरिद गरेको २० लाख डोज खोपमध्ये आईतबार १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको छ ।
एयर इन्डियाको विमानमार्फत कोभिशिल्ड खोप दिउँसो नेपाल आइपुगेको हो । यो खोप प्राथमिकताको आधारमा लगाईनेछ । नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियासंग फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरे अनुसार १० लाख डोज आइपुगेको हो ।
सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको थियो । सरकारले खरिद गरेको खोप अन्य देशभन्दा सबैभन्दा सस्तो भएको दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयश त्रिपाठीले नेपालले खरिद गरेको खोप अन्य देशको तुलनामा धेरै सस्तो रहेको बताउनुभएको छ । उहाँले अन्र्तराष्ट्रिय बिमानस्थलसम्मको मुल्य चार डलर रहेको भन्दै अन्य देशले पनि यो भन्दा महङ्गो मुख्यमा खरिद गरेको बताउनुभयो । मन्त्री त्रिपाठीले सरकारले आगागी मार्चसम्म सबै लक्षित समूहलाई सन् २०२१ को जुनसम्म खोप दिइसक्ने लक्ष्य रहेको बताउनुभएको छ । सरकारले कुल जनसंख्याको ७० प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।
परिवार कल्याण महाशाखाका अन्र्तगत खोप शाखा प्रुमख डा. झलक गौतमले कोभिशिल्ड खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरिने जानकारी दिनुभयो । टेकुबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा लगिने र उक्त केन्द्रबाट जिल्ला स्वास्थ्य कार्यालय हुँदै देशभरका खोप केन्द्रमा पु¥याईने जानकारी पनि दिनुभयो ।
डा. गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख कोभिशिल्ड खोप केहिदिनभित्रै ल्याउन लागेको जानकारी दिनुभयो । खोप शाखा प्रमुख गौतमले हालसम्म प्राथमिकताका आधारमा तीनलाख नेपालीले खोप लगाईसकेको जानकारी दिदै पहिलो चरणको प्राथमिकताका आधारमा अहिले बैङ्कका कर्मचारी,स्थानीय तहका कर्मचारी,जनप्रतिनीधि,जिल्लास्थित कर्मचारीहरुलाई लगाउने कार्य भइरहेको जानकारी दिनभयो । उहाँले यो अभियान फागुन ११ गतेसम्म सञ्चालन हुने बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्राथमिकताका आधारमा खोप लगाईने जानकारी दिनुभयो । उहाँले दोस्रो चरणको खोप फागुन २३ गतेदेखि लगाउन सुरु गर्ने बताउनुभयो । सहप्रवक्ता अधिकारीका अनुसार दोस्रो चरणमा ५५ वर्षभन्दा माथिका उमेर समूहलाई लगाइनेछ । नेपालमा ६० वर्ष नाघेको संख्या २६ लाख ५२ हजार रहेको छ । यस्तै ५५ वर्षदेखि ६० वर्ष उमेर समूहको जनसंख्या १० लाख रहेको छ । सहप्रवक्ता अधिकारीका अनुसार ५५ वर्षमाथिका बाहेक शिक्षक,विद्यालयमा कार्यरत कर्मचारी,सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, ट्रायल सेन्टरमा कार्यरत कर्मचारीहरुलाई खोप लगाईने जानकारी दिनुभयो ।
आईतबार आएको खोप सरकारले अग्रिम भुक्तानी गरेर ल्याएको हो । नेपालको खरिद ऐनले अग्रिम भुक्तानी गर्न नमिल्ने भएपछि मन्त्रिपरिषद्ले अग्रिम भुत्तानीका लागि निर्णय गरेको हो । सरकारको निर्णय अनुसार अब महाविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षण तथा कर्मचारी लगायतलाई खोप लगाउने छ । नेपालमा माघ ८ गते पहिलो पटक कोरोना विरुद्धको खोप ल्याएको थियो । भारत सरकारको अनुदानमा कोभिशिल्ड खोप १० लाख डोज ल्याइएको थियो । उक्त खोप स्वास्थ्यकर्मी,सरसफाईकर्मी,पत्रकारहरुले लगाइसकेका छन् । नेपालमा माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स, शववाहन चालक, पत्रकार, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, युएन एजेन्सीका कर्मचारीलाई खोप लगाइएको छ । हालसम्म ३ लाख बढीले खोप लगाइसकेका छन् । नेपालमा कोरोना भाइरस देखिएको एक वर्षमा कोभिशिल्ड खोप ल्याउन सफल भएको हो ।